लिम्बुवान मञ्च याङवरककाे अध्यक्षमा अस्विन इधिङ्गो

 लिम्बुवान न्युज
                       

पाँचथर। सघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च नेपाल याङ्वरक गाउँपालिकाको तेश्रो अधिबेशन सम्पन्न भएको छ । लिम्बुवान मञ्चमा भर्खरै समाहित हुनुभएका उपाध्यक्ष रामकुमार लिङ्देनको प्रमुख आतिथ्यतामा शनिबार थर्पुमा तेस्रो अधिवेशन तथा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।

शनिबार थर्पुमा आयाेजित लिम्बुवान मञ्च याङवराकको तेस्रो अधिबेशनले युवा नेता अस्विन इधिङ्गोलाई अध्यक्षमा निर्वाचित गरेको छ । त्यस्तै उपाध्यक्षहरुमा चन्द्रकुमार माङ्मु, पोलस्टार तावा, दिलकुमार लक्सम, खड्ग लक्सम र बुद्धि सेवां, सचिवमा हेमराज योङ्हाङ, सहसचिव बिरेन्द्र बेघा, अर्थसचिवमा गंगाकुमारी सुवेदी, सह–अर्थसचिवमा पुजा सिगु रहेका छन् भने सदस्यहरुमा अमृता माबो, रामबहादुर योङ्हाङ, जीवनकला माबो, भिमा माबो, धनकुमार काम्बाङ, अरुणा केरुङ, समसेर बेघा, भिमकुमार माङ्मु, सुरेन्द्र लावती, सेरिहाङ योङ्हाङ र भिम पाँचकोटी रहेका छन ।

निर्वाचित कार्य समितिलाई मञ्चका प्रान्तीय महासचिव संगम खनाल, जिल्ला बरिष्ठ उपाध्यक्ष चन्द्रराज आङ्देम्बे, सचिव मधु केरुङ, युवामञ्चका सचिव रामचन्द्र नेम्बाङ, जिल्ला सदस्य कर्ण कुरुम्बाङ लगायतका नेताहरुले शुभकामना दिएका थिए ।

सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि लिम्बुवान मञ्चमा प्रवेश गरेका छन् । प्रवेश गर्नुहुनेमा पोलिस्टार तावा, सुरेन्द्र लावती, हेमराज सिवाकोटी, मनराज मादेन, रणबहादुर तावा, हाङ्जिती माबो, सुस्मा राई मादेन, कमलबहादुर योङ्हाङ, सन्दीप सेवा, आकाश तावा, रोहन माबो, हर्कमाया योङ्हाङ, छत्र योङ्हाङ, जमुना योङ्हाङ इम्बुङ, धनमाया योङ्हाङ आङ्बो, रनकुमार माबो, अबिशेक माबो, प्रकाश माबो, सुनिता सिगु, छत्रबहादुर माबो र मनमाया परियार रहेका छन् ।

नव प्रवेशीहरुलाई खाँदा ओडाई पार्टीमा स्वागत गरिएको संघीय लिम्बुवान मञ्चका पाँचथर जिल्ला अध्यक्ष सागर केरुङ्ले जनाएका छन् ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...