माङसेबुङ ६ को कावा वडाध्यक्षमा रामचन्द्र राई

 लिम्बुवान न्युज
                       

माङसेबुङ। इलामको माङसेबुङ ६ मा कार्यवाहक वडाअध्यक्षको जिम्मेवारी वडा सदस्य रामचन्द्र राईले पाएका छन् ।

स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११६ बमोजिम रामचन्द्र राईले कार्यवाहक वडाअध्यक्षको जिम्मेवारी पाएका हुन् ।

तत्कालिन नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष प्रदिप साङपाङ नेकपा एमाले प्रवेश गरेकाले उनको वडाअध्यक्ष पद खारेज भई रिक्त भएको थियो ।

स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११६ मा वडा अध्यक्षको पद कुनै कारणले रिक्त भएमा वडा समितिका सदस्यहरूले आफूहरूमध्येबाट छनौट गरेको सदस्यले कायवाहक वडा अध्यक्ष भई काम गर्नेछ भन्ने व्यवस्था उल्लेख छ ।

कार्यवाहक वडाअध्यक्ष रामचन्द्र राईले अब वडा अध्यक्षकै हैसियतमा गाउँकार्यपालिका बैठकमा सहभागी भई कार्यसम्पादन गर्नेछन् ।

यसअघि वडा अध्यक्ष साङपाङले आफू निर्वाचित भएको तत्कालिन नेपाली कांग्रेस परित्याग गरी तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गरेकाले निर्वाचन आयोग नेपालले पद रिक्त रहेको सूचना प्रकाशित गरेको थियो ।

आयोगको गत ७ माघको बैठकको निर्णयअनुसार भन्दै ९ माघमा गोरखापत्रमा ‘दल त्याग तथा रिक्त सम्बन्धी सूचना’ प्रकाशित गरि सोही दिनदेखि साङपाङ निर्वचित भएको पद स्वतः रिक्त भएको आयोगले जनाएको थियो ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३१ र ३२ तथा राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को दफा २२ बमोजिम दल त्याग गरेको व्यहोरा नेपाली कांग्रेसको केन्द्रीय समितिको निर्णयसहित आयोगलाई जानकारी आएकाले साङपाङको पद रिक्त भएको सूचनामा उल्लेख थियो ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा साङपाङले तत्कालिन नेपाली कांग्रेसबाट अत्याधिक मतका साथ वडा अध्यक्षमा विजयी भएका थिए । साङपाङले पूर्व बाँझो गाउँ विकास समितिका अध्यक्ष समेत रहेका तत्कालिन नेकपा एमालेका उम्मेद्वार किरण राईलाई पराजित गर्दै वक्षा अध्यक्षमा विजयी बनेका थिए । वडाका ४ जना सदस्य नेकपा एमालेबाट निर्वाचित हुँदा उनी एक्लै कांग्रेसबाट वडाअध्यक्षमा निर्वाचत भएका थिए । तर साङपाङ २१ चैत २०७४ मा माङसेबुङ गाउँपालिका ३ चतुरेमा आयोजित कार्यक्रममा तत्कालिन नेकपा एमालेमा प्रवेश गरेका थिए ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...