केरुङको संयोजकत्वमा आदिवासी जनजाति साहित्यकार महासंघ लिम्बुवान समिति गठन

 लिम्बुवान न्युज
                       

झापा। नेपाल आदिवासी जनजाति साहित्यकार महासंघ लिम्बुवान तदर्थ राज्य समिति गठन भएको छ ।

आज झापाको बिर्तामोडमा महासंघका केन्द्रीय संयोजक राजन मुकारुङको प्रमुख आतिथ्यमा मधुराज केरुङ्लाई संयोजक बनाउदै तदर्थ लिम्बुवान राज्य समिति गठन भएको हो ।

समितिको सह–संयोजकमा शिरेन बान्तावा, पार्वता पोमु र दावा शेर्पा रहेका छन् । सचिवमा छत्र दर्लामि, सह–सचिवमा सुनिता तामाङ र कोषाध्यक्षमा सुजन सेलिङलाई चयन गरेको छ ।

त्यस्तै समितिको सदस्यहरुमा डा. छत्र माबो, अजित धिमाल, इक्साहाङ चेम्जोङ, अर्चना गुरुङ, इन्द्रसिंह राजबंशी, मन्जुल सुनुवार, निमा पोङ्सुवा भोटिया र जितेन साम्पाङ रहेका छन ।

समितिको सल्लाहकारमा साहित्यकार मुनाराज शेर्मा, सुमित्रा बाङ्देल चेलि र सेसेहाङ फियाकलाई चयन गरेको छ ।

उक्त कार्यक्रममा महासंघका सह–संयोजक टंक सेलिङ, केन्द्रिय प्रतिनिधि सदस्यहरु बिराट किराती र जितेन पन्धाकको उपस्थिति रहेको थियो । कार्यक्रममा निर्वाचित समितिलाई साहित्यकार कृष्ण बरालले बधाई तथा शुभकामना दिएका थिए ।

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...