वाणिज्य संघको चुनावमा राजवंशी समुदायलाई उम्मेद्धार नबनाएकोमा आपत्ति

 लिम्बुवान न्युज
                       

बिर्तामोड। आसन्न बिर्तामोड उद्योग बाणिज्य संघको निर्वाचनका लागि बिर्तामोड क्षेत्रमा व्यापार व्यवसाय गर्दै आएका राजवंशी समुदायका व्यवसायीहरु संगठित भएका छन् । उनीहरुले फागुन १६ गतेको बाणिज्य संघको निर्वाचनका विषयमा सोमबार बिर्तामोडमा कार्यक्रम सम्पन्न गरेका छन् ।

बिर्तामोड नगरपालिकाभित्र राजवंशी समुदायबाट ५ सयभन्दा बढीले व्यापार व्यवसाय गर्ने गरेको अन्तक्र्रिया कार्यक्रममा बताइएको थियो । उनीहरुमध्ये बाणिज्य संघको १६ गतेको निर्वाचनका लागि राजवंशी समुदायबाट १ सय १८ जना मतदाता रहेका छन् । अन्तक्र्रिया कार्यक्रममा बोल्ने व्यवसायीहरुले बाणिज्य संघको चुनावमा संयुक्त व्यवासयी प्यानल र व्यवसायीहरुको लोकतान्त्रिक समूह दुवै प्यानलबाट राजवंशी समुदायबाट एक जना पनि उम्मेद्वार नबनाउनु बिडम्बना भएको बताए । उनीहरुले राजवंशी व्यवसायीलाई भोट बैंकका रुपमा मात्र प्रयोग गरेको भन्दै आपत्ति जनाए ।
प्रेम होटलका सञ्चालक सुरेन राजवंशीले १ सय १८ जना मतदाता रहेको बिर्तामोड बाणिज्य संघको चुनावमा राजवंशी उम्मेद्वार शून्य हुनु दुखद् भएको बताए । उनले बर्षौदेखि र सयौंको संख्यामा राजवंशी समुदाय पनि व्यापार व्यवसायमा सक्रिय रहेकाले सबैलाई समेटेर जान बाणिज्य संघका दुवै चुनावी प्यानललाई आग्रह गरे ।

पुरन–हिरालता सपिङ मलका सञ्चालक गोपालचन्द्र राजवंशीले राजवंशी समुदायको प्रतिनिधि बिना बाणिज्य संघको नयाँ कार्यसमिति अपुरो हुने धारणा राखे । उनले नवनिर्वाचित समितिलाई कम्तिमा एक जना राजवंशी सदस्य मनोनित गर्न आग्रह गरे ।

न्यू लाईफ स्टाइलका सञ्चालक प्रमोद राजवंशीले बाणिज्य संघको चुनाव पनि राजवंशी समुदायका लागि ‘भोट बैंक’ मात्र भएको धारणा राखे । उनले ५० जना मतदाता हुने संगठनहरुले उम्मेद्वार पाएको तर, राजवंशी समुदायको १ सय १८ जना मतदाता हुँदा समेत एक जना उम्मेद्वार नपाउनु गम्भीर विषय भएको बताए ।

रोहन चश्मा घरका सञ्चालक राजन राजवंशीले बाणिज्य संघको नवनिर्वाचित कार्यसमितिमा राजवंशी सदस्य मनोनित गराउन सक्रिय पहल गर्न समुदायका आगुवाहरुलाई आग्रह गरे । अन्तक्र्रियामा सहभागीहरुले सोमबार नै ‘राजवंशी व्यवसायी संघ’ समेत गठन गरेका छन् ।

प्रेम होटलका सञ्चालक सुरेन राजवंशी अध्यक्ष रहेको संघको उपाध्यक्षमा गोपालचन्द्र राजवंशी, सचिवमा अर्जुन राजवंशी, कोषाध्यक्षमा चन्द्रमाया राजवंशी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा राजन राजवंशी, बासुदेव राजवंशी, कमल राजवंशी, मोहनसिंह राजवंशी, दिलिप राजवंशी, लालसिंह राजवंशी र धर्मेश राजवंशी चयन भएका छन् ।

सहभागीहरुले बाणिज्य संघको निर्वाचनमा बढीभन्दा बढी राजवंशी मतदाता एवं व्यवसायीहरुको सहभागीता गराउनेगरी गतिविधि अघि बढाउन जोड दिएका छन् ।

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...