फेदापमा शिक्षा मेला रनिङ गोल्ड कप सुरु

 लिम्बुवान न्युज
                       

तेह्रथुम/जिल्लाको फेदाप गाउपालिका वार्ड ५ इसिबुमा शिक्षा मेला रनिङ गोल्ड कप २०७७ आजबाट संचालन भएको छ । आजबाट शुरु भएको खेल फागुन १७ गतेसम्म संचालन हुने जनाईएको छ ।

शिक्षा मेला बजार व्यवस्थापन समितिका अध्यक्ष तिलबिक्रम चोङबाङका अनुसार शिक्षा मेला विगत लामो समय देखि इसिवु माध्यमिक बिद्यालयको प्राङगणमा लाग्दै आईरहेको छ । यो मेला यस इलाका वरिपरिको सबै भन्दा पुरानो बजार हो । यस मेलाको ऐतिहासिक तथा सॉंस्कृतिक महत्व रहेको छ । विषेश गरेर लिम्बू समुदायको मौलिक संस्कृति अन्तर्गत धाननाँच, च्याब्रुङ नाँच लगायत तामाङ जातिको डम्फु नाँच र खस ब्राम्हण समुदायको सांगिनी नाँच लगायतको सॉस्कृतिक कार्यक्रमहरु समेत हुने गर्दछन् ।

खेलकुद अन्तर्गत खुल्ला पुरुष फुटबलमा २० टिम सहभागी भएका छन् । त्यसैगरी खुल्ला महिला फुटबल र खुल्ला पुरुष भलिवल खेल समेत संचालन हुने प्रतियोगितामा महिला फुटबलमा ६ टिम र पुरुष भलिबल तर्फ ९ टिमले सहभागिता जनाएका छन् । पुरुष फूटबल विजेताले रु ६५ हजार र तीन बर्षे रनिङ कप पाउनेछन् भने उपविजेताले ३५ हजार र दुई बर्षे रनिङ कप प्राउने बताइएको छ । त्यसैगरी महिला फुटबल अन्तर्गत विजेता टिमले १० हजार र तीन बर्षे रनिङ कप उपविजेताले ५ हजार र दुई बर्षे रनिङ कप प्राप्त गर्नेछन् भने भलिबल तर्फका विजेताले नगद ३० हजार र तीन बर्षे रनिङ कप त्यसैगरी उपविजेताले नगद १५ हजार र दुई बर्षे रनिङ कप प्राप्त गर्ने आयोजकले बताएका छन् ।

यसैगरी आजबाट शुरुभएको फूटबलको पहिलो खेलमा आयोजक भर्सेज खाम्लालुङ—१ पाक्तिनको खेलमा ०–२ गोलले आयोजक पराजित भई खाम्लालुङ–१ पाक्तिनले बिजय शुरुवात गरेको छ । त्यसरी नै वाई जे वाई सी पुल्डुङ र सक्रान्ति १ डाडाँगाउँ बिच हुने खेलमा पुल्डुङ अनुपस्थित भएकोले नेटबल मार्फत स्वत सक्रान्ति बिजय बनेको छ । त्यसैगरी औसी बजार र नव ज्योति युवा क्लव बिच भएको खेलमा औसी बजारले नव ज्योति युवा क्लबलाई ० का बिरुद्व ३ गोलले बिजय प्राप्त गरेको थियो । यसरी नै आजको अन्तिम खेलमा सृजना संगम पौठाक र एफसी जलजले बिच भएको खेलमा जलजलेले पौठाकलाई ० का बिरुद्व २ गोलले जित हासिल गरेको खेलकुद बिकास समिति इसिबुका अध्यक्ष सुन्दर फोम्बोले बताए ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...