प्रमोद र द भ्वाइस किड्स रुक्सानाको नोगेन टेण्डीङ एकमा
बुधबार, २६ माघ, २०७८ बिहानको १०:५२ बजे,
लिम्बुवान न्युज
लिम्बुवान खबर, २६ माघ । गायक प्रमोद खरेलको युट्यव च्यानलबाट आइतबार मात्र सार्वजनिक गीत ‘नोगन’ नेपालको भिडियो म्यूजिक तर्फको यूट्यवको टेण्डीङ १ मा छ ।
गायक खरेल र द भ्वाइस किड्सकी फाइनालिस्ट रुक्सना लिम्बुको स्वरमा सजिएको उक्त गीतलाई आजसम्ममा १५ लाख भन्दा धेरैले हेरिसकेका छन् ।
चल्तिको कलाकार राखेर भिडियो बनाए मात्र चल्छ भन्ने भ्रमलाई यो भिडियोले तोडेको छ । म्यूजिक भिडियो चल्नुमा त्यो गीतको अडियो र शब्द चयन पनि मुख्य रहन्छ भन्ने उदाहरण यो गीतले दिएको छ । लिम्बु भाषामा नोगेनको अर्थ धन्यवाद भन्ने हुन्छ अर्थात आफूलाई यहाँसम्म ल्याउनु हुने गुरुलाई गायिका रुक्सानाले नोगेन भनेर सम्बोधन गरेकि छन् ।
यो गीतको शब्दले सबै दर्शकहरुको मन जित्न सफल भएको प्रष्ट हुन्छ । महेश खड्काको गीत संगीत रहेको उक्त गीतलाई मनिक्षी कोइरालाले निर्देशन गरेकी हुन् । गायक खरेल र रुक्साना कै अभिनय रहेको म्युजिक भिडियो झकिझकाउविना सामान्य तरिकाले निर्माण गरिएको छ । यस गीतको अडियोले नै स्रोताको मन जित्छ । उसो त गीतको भिडियो सामान्य तरिकाले निर्माण गरिएपनि आकर्षक बनाउने प्रयास गरिएको छ ।
ललितपुर, ८ कार्तिक । यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...
दमक, ८ कार्तिक । झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...
केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...
पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...