अग्रज पत्रकार सुब्बा पुरस्कृत हुँदै

 लिम्बुवान न्युज
                       

दमक । दमकमा झण्डै अढाई दशकदेखि क्रियाशील पत्रकार यज्ञराज आङदेम्बे (बिष्णु सुब्बा)लाई दमकका मोवाइल व्यवसायीहरुले पुरस्कृत गर्ने भएका छन । व्यवसायीहरुको छाता संगठन दमक मोबाइल व्यवसायी संघले स्थापना गरेको पत्रकार प्रोत्साहन पुरस्कार सुब्बालाई प्रदान गर्ने भएको हो ।

संघको बैठकले पत्रकारिताका क्षेत्रमा लामो समयदेखि कृयाशील सुब्बाले पु¥याएको योगदानको कदर गर्दे पुरस्कार प्रदान गर्ने निर्णय गरेको अध्यक्ष भेनस श्रेष्ठले जानकारी दिए । सो पुरस्कार संघको आगामी चैतमा हुने साधारणसभाका अवसरमा प्रदान गरिने निर्णय भएको संघका सहसचिव दिपेश दाहालले बताए ।

पुरस्कारको राशी रु ५ हजार ५ सय ५५ र प्रमाणपत्र रहेको छ । सुब्बा राष्ट्रिय समाचार समितिमा आवद्ध छन् । उनी प्रदेशवाणी डटकम अनलाईन न्यूज पोर्टलका संचालक तथा सम्पादक समेत रहेका उनी नेपाल पत्रकार महासंघ प्रदेश १ का कार्यसमिति सदस्य समेत हुन् ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...