दमकमा मोतिविन्दु भएका ५३ जनाको निःशुल्क शल्यक्रिया

 लिम्बुवान न्युज
                       

दमक, १५ फागुन । मोतिविन्दु भएका ५३ जनाको दमक ६ स्थित मेची नेत्रालयले निःशुल्क शल्यक्रिया गरेको छ । मातृका आई फाउण्डेसन काठमाडौंसँगको सहकार्यमा नेत्रालयले शनिबार दमक र आसपास क्षेत्रका बिरामीहरुको लागि निःशुल्क शल्यक्रिया गरेको हो ।

यसअघि नेत्रालयले निःशुल्क आँखा शिविर सञ्चालन गरेको थियो । नेत्रालयले दमक नगरपालिका ९, चुलाचुली गाउँपालिका इलामको १ र ६ नम्बर वडामा, कमल गाउँपालिका झापाको २, ३ र ६ नम्बर वडामा र शिवसताक्षी नगरपालिकाको ११ नम्बर वडामा आँखा शिविर सञ्चाल गरेको थियो । सो शिविरमा करिव १५ सय जनाले सेवा प्राप्त गरेका अस्पतालको भनाइ छ । शिविर सञ्चालनका क्रममा भेटिएको मोतिविन्दु भएका ५३ जनाको शनिबार मेची नेत्रालय दमकमा शल्यक्रिया गरिएको हो ।
आँखाको पर्दा रोग विशेषज्ञ डा। शरदचन्द्र राई, डा। राजेश श्रेष्ठको टोलीसँगै मातृका आई फाउण्डेशनको प्राविधिक सहयोग रहेको थियो ।

मातृका आई फाउण्डेशन काठमाण्डौंको विशेष गरेर चश्मा/कन्ट्याक्ट लेन्सहरू तत्काल र स्थायी रूपमा हटाउन लेजर आँखाको शल्यक्रिया प्रमुख सेवाको रुपमा रहेको छ । आधुनिक उपकरणहरू सहितको बाहिरी–बिरामी–उन्मुख सर्जिकल केन्द्र हो । सेवाहरूमा व्यापक आँखा समस्या अनुसन्धान, औषधि, थेरापी चश्मा/कन्ट्याक्ट लेन्स र शल्यक्रियाहरू मार्फत उपचार समेत व्यवस्था रहेको छ ।

दमकमा नै पहिलो पटक अत्याधुनिक प्रविधिबाट बिना सिलाइ आँखाको पर्दा सम्बन्धी सम्पूर्ण सेवाहरू मेची नेत्रालयले १ वर्षअघिदेखि सुरु गरिसकेको छ । आँखाको जटील उपचार मानिने आँखाको पर्दा ९रेटिना० सम्बन्धी सेवा अत्याधुनिक प्रविधिबाट सिलाई नगरी सल्यक्रिया गरी दमकमा पहिलो पटक सुरु भएको हो ।

आँखा भित्र एउटा लेन्स हुन्छ । यो लेन्सले क्यामाराको लेन्सको जस्तै प्रकाशको किरणलाई केन्द्रित गर्ने काम गर्छ, जसले गर्दा तपाँई देख्न सक्नु हुन्छ । यो लेन्स, तपाँई जवान हुदा पारदर्शी र रङवबिहिन हुन्छ, तर जब तपाँई बुढो हुदै जानुहुन्छ, यो लेन्स धमिलो र पहेँलो हुदै जान्छ । तपाँईको लेन्सको धमिलोपनलाई मोतिविन्दु भनिन्छ । समय बित्दै जादा, मोतिविन्दुले तपाँईको दृष्टि अझ धमिलो बनाउँछ र तपाँईको आँखा प्रकाशको ज्योतिसँग संवेदनशील हुँदै जान्छ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...