प्रथम अध्यक्ष पाठकलाई अभिनन्दन गर्ने

 लिम्बुवान न्युज
                       

दमक, १९ माघ । प्रेस चौतारी नेपाल झापाले प्रथम अध्यक्षलाई अभिनन्दन र जिल्लाका ५ जना अग्रज पत्रकारलाई सम्मान गर्ने भएको छ । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसर पारेर चौतारीले झापा शाखाका प्रथम अध्यक्ष नेत्र पाठकलाई अभिनन्दन गर्ने भएको हो ।

त्यस्तै जिल्लाका अग्रज पत्रकार नकुलकाजी, माधव विद्रोही, गोविन्दचन्द्र क्षेत्री र केशव आचार्यलाई सम्मान गर्नेे निर्णय गरेको छ । यस्तै स्व. माया पकुवाललाई मरणोपरान्त सम्मान गर्ने प्रेस चौतारी नेपाल झापाको बिहिबार बसेको जिल्ला कमिटिको बैठकले निर्णय गरेको हो ।

पे्रस चौतारी नेपाल झापाका इन्चार्ज सन्तोष आचार्यको संयोजकत्वमा केन्द्रीय सदस्य एंवम प्रदेश १ का सह–इन्चार्ज अम्बिका भण्डारी र प्रेस चैतारी झापाका पूर्व अध्यक्ष गोपाल काफ्ले सदस्य रहेको छनोट समितिले सिफारीस गरेको सम्मानित हुने अग्रज पत्रकारहरुको नामावलीलाई बैठकले अनुमोदन गरेको हो ।

छनोट समितिले तयार पारेको मापदण्डका आधारमा अभिनन्दित व्यक्ति र अग्रज पत्रकार छनोट गरिएको चौतारी झापाका अध्यक्ष मनकुमार गदालले जानकारी दिए ।

छनोट भएका व्यक्तिहरुलाई प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा माघ २१ गते शनिबार अभिनन्दन र सम्मान गरिनेछ । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने बिषेश समारोह बिर्तामोडमा आयोजना हुनेछ ।

सम्बन्धित समाचार

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...

चन्द्र गजमेर शुभकामना साकोसको अध्यक्षमा पुनः निर्वाचित

ललितपुर, ११ पुष । झापाको दमक–६ मा रहेको शुभकामना वचत तथा ऋण सहकारी संस्थाको १३औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले अध्यक्षको बार्षिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन लगायत प्रतिवेदनहरु पास गर्दै नयाँ समिति चयन गरेको...

उज्यालो नेपाल पार्टी इलाम जिल्ला गठनः अध्यक्षमा सन्तराम याेङहाङ

ललितपुर, ११ पौष । उज्यालो नेपाल पार्टी इलाम जिल्ला समिति गठन भएको छ । शुक्रबार इलाम बजारमा आयोजित एक कार्यक्रमबाट सन्तराम योङहाङको अध्यक्षतामा २९ सदस्यीय समिति गठन गरिएको हो । पार्टीका केन्द्रीय सदस्य प्रा.डा. महेन्द्र...