भुपेन्द्रको निर्देशनमा सेमिहाङको ‘साम्याङफुङ २’ सार्वजनिक
मङ्गलबार, २४ माघ, २०७९ बिहानको ०९:३० बजे,
लिम्बुवान न्युज
दमक, २४ माघ । लिम्बू भाषाको गीत ‘साम्याङफुङ’को अपार सफलता पछि लोकप्रिय गायक तथा संगीतकार सेमिहाङ सिंगकको शव्द तथा संगीतमा सेमिहाङ र सुनिता थेगिमको आवाजमा सजिएको गीत ‘साम्याङफुङ २’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।
भुपेन्द्र तुम्बाहाङफेको छायांकन, परिकल्पना तथा निर्देशनमा रेखा लिम्बू, सेमिहाङ सिंगक, प्रेम सुब्बा, मौसम इम्बुङ(फुलेन्देको बाउ), सोना सिंगक र पञ्च लावतीको अभिनय रहेको गीत ‘साम्याङफुङ २’ को म्यूजिक भिडियो काठमाडौंमा अवस्थित मण्डला थिएटरमा एक कार्यक्रमबिच सार्वजनिक गरिएको हो ।
मन पराएको मायालुलाई मनभरि सपना बुन्दै परदेशबाट सम्झेर लिन आउदै गर्दा तिनै मायालुको विवाह हुदैं गरेको दृश्य देखेर बिरक्तिएको प्रेमिको कथा प्रस्तुत गरिएको भिडियोमा हरि इवाहाङको सहायक निर्देशन, अनिस सुब्बा र सन्तोष राईको आर्ट प्रडक्शन, सोयाश्री बज्रचार्यको मेकअप, अनिल रानाको सम्पादन तथा रेनिश फागोको कलर ग्रेडिङ रहेको छ ।
देबेश राईको संगीत संयोजनमा स्टुडियो ए वान म्यूजिसियनमा राजेश श्रेष्ठले रेकर्ड गरेको गीतको मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका हुन् ।
थैली इन्टरटेन्मेन्टको पोष्ट प्रडक्शन रहेको भिडियो गायक तथा संगीतकार सेमिहाङ सिंगकको अफिसियल युट्यूव च्यानल सेमिहाङ क्रिएशनबाट सार्वजनिक गरिएको छ ।
धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...
धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...
ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...
ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...