पाँचौं दमक महोत्सव आजबाट शुरु हुँदै

 लिम्बुवान न्युज
                       


दमक, २८ माघ । झापाको दमकमा आजबाट पाँचौ दमक महोत्सव सुरु हँुदैछ । १५ दिन सम्म चल्ने यो महोत्सवमा ३ करोड बढिको आर्थिक कारोबार हुने दावी गरिएको छ । दमक उद्योग वाणिज्य सघंले आयोजना गरेको यो महोत्सवमा १ सय भन्दा बढि स्टलहरुमा बिभिन्न ब्यापारीहरुले बुकिङ गरिसकेका छन् ।

फागुन १२ गतेसम्म चल्ने महोत्सवमा भारतका बिभिन्न व्यवसायीक सस्थाहरुले समेत स्टल बुकिङ गरेका छन् भने अन्य सबै स्टल दमकका उद्योगी तथा व्यवसायीहरुको रहेको महोत्सव संयोजक राजु खड्काले जानकारी दिएका छन् ।

अहिले आर्थिक मन्दिको मार खेपीरहेका व्यापारीहरुकालागि यो महोत्सवले केहि राहत दिने विस्वास गरिएको आयोजकले जनाएको छ । व्यापारीको अहिलेको समस्याका बारेमा केहि अवगत गराउँदै त्यसमा सरकारका तर्फबाट केहि सम्बोधन गराउन बिभागीय मन्त्रीलाई महोत्सवको उद्धघाटनका लागि बोलाइएको सघंका अध्यक्ष गोपाल गुरागाईले वताए ।

सोही अनुरुप अर्थमन्त्री प्रकाश शरण महतले आज माध्यान्हमा महोत्सवको उद्धघाटन गर्ने गरी समय तय गरिएको अध्यक्ष गुरागाईले बताए । यस्तै आज महोत्सव अवलोकन गर्न सबैकालागि निशुल्क व्यवस्था समेत गरिएको उनले बताए ।

दमक ७ को सयपत्री टोल स्थित रतुवा खोला किनारमा लाग्ने महोत्सवमा अन्य दिन भने एक सयको प्रवेश शुल्क लाग्नेछ । महोत्सवमा दैनिक स्थानीय तथा राष्ट्रिय कलाकारहरु सांगीतिक प्रस्तुति रहने प्रचार प्रसार उपसमितिका संयोजक तुलसीराम तिम्सीनाले बताए ।

उनका अनुसार महोत्सवमा उद्घाटनमा यहाँको साँस्कृतिक पहिचानहरुको प्रर्दशनी लगायतका कार्यक्रमहरु पनि रहेकाछन् । महोत्सवबाट बचत हुने रकम निर्माणाधीन इलम प्रशिक्षण केन्द्रमा खर्च गरिने उद्योग वाणिज्य संघ दमकले जनाईएको छ ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...