दिपेन्द्र शिखर इलामले चुम्याे ‘पवित्रहाङमा गोल्ड कप २०८१’ काे उपाधी

 लिम्बुवान न्युज
                       

दमक, २ फाल्गुन । १५औं संस्करणको ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि दिपेन्द्र शिखर फुटबल क्लव इलामले चुमेको छ ।

इलामको माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज शुक्रबार सम्पन्न फाइनल खेलमा कनकाई नगरपालिका झापामाथि १–० को कठिन जित निकाल्दै दिपेन्द्र शिखर इलामले उपाधि कव्जा गरेको हो ।

इलामको जितमा सोष्तिमा विकले निर्णायक गोल गोरिन । उनले खेलको ४५औं मिनेटमा गोल गोल गरेकी हुन् ।

उपाधि कव्जा गरे सँगै इलामले ट्रफीसहित नगद पुरस्कार ३ लाख १ सय ६९, मेडल र प्रमाण पत्रा हात पारेका छन् ।

उपविजेता बनेको कनकाई झापाले भने ट्रफीसहित नगद २ लाख १ सय ६९, मेडल र प्रमाणपत्रमा चित्त बुझाएका छन् ।

यसैगरी खेलको उदयीमान खेलाडी ताप्लेजुङ फुबल संघकी प्रजिता राई घोषित हुँदा उत्कृष्ट गोलकिपर दिपेन्द्र शिखर इलामकी झरना नगारकोटी, अत्कृष्ट डिफेन्डर दिपेन्द्र शिखर इलामकी सजिना कोइराला, उत्कृष्ट खेलाडी दिपेन्द्र शिखर इलामकी सोष्तिामा विक र सर्वाधिक गोल कर्ता कनकाई झापाकी समिक्षा मगर घोषित भईन । विधागत उत्कृष्ट खेलाडीहरुलाई नगर सहित ट्रफी प्रदान गरिएको थियो ।

विजेता उपविजेता खेलाडीहरुलाई माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोद कुमार नेम्बाङबाट पुरस्कार वितरण गरिएको थियो ।

लालकुमारी लावुङको अध्यक्षता र गोरीगञ्ज गाउँपालिकाका अध्यक्ष फुलमती राजबंशीको प्रमुख आतिथ्यमा सम्पन्न फाइनल खेलमा अध्यक्ष मनप्रसाद आङबुहाङको स्वागत मन्तव्य,सचिव सरिता राईको सञ्चालन रहेको थियो ।

प्रतियोगितामा आत्मापवित्र खेलकुद समिति र  साँबा पवित्रहाङमा लिङदेन ६९औं शुभजन्मोत्सव तथा धर्मगुरू आत्मानन्द लिङदेन ‘सेइङ’ नुमाङगेन्ना सेवा महासमारोह २०८१ को संयुक्त संयोजन र युथ अफ माङसेबुङको सह–संयोजन रहेको थियो ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...