मुक्कुम्लुङमा ‘नो केवलकार’ पक्षधर समुहमाथि दमन भएकाे आठ दलीय माेर्चाकाे निष्कर्ष

 लिम्बुवान न्युज
                       

ललितपुर, ११ फाल्गुन । मधेशवादी राजनीतिक दलहरुले पाथीभरा मुकुम्लुङमा ‘नो केबलकार’ पक्षधर समुहबाट भइरहेको आन्दोलनमा प्रहरीद्वारा अत्यधिक दमन भएको निष्कर्ष निकालेका छन् ।

आइतबार राष्ट्रिय मुक्ति पार्टी नेपालको कार्यालय शंखमुलमा बसेको बैठकले नो केबलकार समुहद्वारा भइरहेको संघर्षमा प्रहरीद्वारा अत्यधिक दमन, अनावश्यक धडपकड र झुठा मुद्दा लगाउने जस्ता कार्यहरु भैरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मुक्ति पार्टीका नेता केशव झाका अनुसार मुकुम्लुङ घटनामा गिरफ्तार गरिएका आन्दोलनकारीहरुलाई विना शर्त रिहाई गर्न माग गर्ने बैठकले निर्णय गरेको छ । सरकारलाई तत्काल वार्ता र सम्वाद मार्फत समस्याको समाधान खोज्न समेत माग गर्ने निष्कर्षमा पुगेको झाले बताए ।

आठ दलिय मोर्चामा लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टी छन् ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...