सरकारसँग वार्ता गर्न चार बुँदे धारणा सार्वजनिक

 लिम्बुवान न्युज
                       

दमक, १३ फाल्गुन । सरकारसँग वार्ताको वातावरण बनाउँन मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा ‘नो केबलकार समूह’ले चार बुँदे धारणा सार्वजनिक गरेको छ ।

मुन्धुमी स्थल मुक्कुमलुङ संरक्षणका लागि संघर्षरत मुक्कुमलुङ ताङसेप चुम्भोले सोमबार विज्ञप्ती जारी गर्दै वार्ताको विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको हो ।

१३ विभिन्न संस्था र ९ अन्तर दलीय संगठनका नेतृत्वले हस्ताक्षर गरेको विज्ञप्तीमा आन्दोलनका क्रममा पक्राउ परेकाहरूको निसर्त रिहाइ तथा कफ्र्यु हटाउनु पर्ने । केबलकार निर्माण कार्य स्थायी रूपमा रोक्दै निर्माणस्थलबाट सबै सामग्री, ठेकेदार तथा मजदुर फिर्ता गर्नु पर्ने र मुक्कुमलुङ क्षेत्रबाट सशस्त्र तथा जनपथ प्रहरी फिर्ता गर्नु पर्ने धारणा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ ‘वार्ता र सम्बादको माध्यमबाट समस्या समाधान गरिनुपर्छ भन्नेमा हामी सदैब सकारात्मक र जिम्मेवारीपूर्ण ढंगबाट भूमिका निर्वाह गर्न प्रतिबद्ध छौ । तसर्थ माथिका शर्तहरु पुरा भएपछि हामी परिणाममुखी वार्तामा सामेल हुनेछौ ।’

विज्ञप्तीमा ‘वार्ताका लागि वार्ता होइन् । अधिकार सम्पन्न वार्ता समितिसँग निष्कर्ष सहितको परिणामुखी वार्तामा बसौं’ भनेर प्रस्ताव समेत गरिएको छ ।

यसअघि नो केबुलकार समूहको वार्ता सहजिकरण समितिले गएको माघ २२ गते सह सचिव प्रेमप्रसाद भट्टराईले नेतृत्व गरेको सरकारी वार्ता टोलीसँग विभिन्न छ बुँदे सहमति गरेको थियो । सहमति पुरा भएपछि थप वार्ता माघ २७ गते बस्ने भनिएकोमा सरकारले सहमति पुरा नगरी वार्ताको वातावरण नबनाएको भन्दै निरन्तर आन्दोलन गर्दै आएको थियो ।

यसै क्रममा गएको शनिबार प्रदर्शनका क्रममा स्थानीय प्रशासनले बल प्रयोग गरी कुटपिट गर्दा ५ घाइते भएका थिए । यसै क्रममा १५ जना पक्राउ गरेर निशेधाज्ञा समेत जारी गरेको छ ।

घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । पक्राउ परेकालाई म्याद थप गरेर ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको जनाइएको छ ।

 

 

सम्बन्धित समाचार

एल वि पालुङ्वाले जनमुक्ति पार्टीको सचिव पदबाट दिए राजिनामा

ललितपुर, ५ मङ्सिर । संयुक्त पहिचानवादी मोर्चाको संगठन विभाग प्रमुख तथा झापा जिल्लाको नेपाल जनमुक्ति पार्टीको केन्द्रीय सचिव एलवी पालुङ्वाले राजिनामा दिएका छन् । युवा नेता पालुङ्वाले बिहीवार एक प्रेस बिज्ञप्ति जारी गर्दै  जिम्मेवारीबाट राजीनामा...

लिम्बू थरगत (याक्थुङ सयङ) थुमको भेलाले १५ बुँदे निर्णय गर्यो सार्वजनिक

ललितपुर, २ मङ्सिर / लिम्बू थरगत (याक्थुङ सयङ) थुम समितिहरुको यासःक् भेला तथा बैठक विभिन्न १५ बुँदे निर्णय गर्दै आइतबार सम्पन्न भएको छ। पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा कार्तिक २८ र २९ गते दुई दिनसम्म...

निर्वाचन आयोगले फाल्गुन २१मा हुने प्रतिनिधि सभा निर्वाचनको तालिका गर्यो सार्वजनिक

ललितपुर, मङ्सिर १ / निर्वाचन आयोगले फागुन २१ गतेका लागि ताकिएको प्रतिनिधि सभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ। आइतबार आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा निर्वाचनका लागि पहिलो हुने निर्वाचित...

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...