मुक्कुमलुङमा केवलकार खारेजीले सरकारविरूद्ध आन्दोलनको घोषणा

 लिम्बुवान न्युज
                       

ललितपुर, १६ फाल्गुन । केवलकार खारेजी समूहले केपी ओली नेतृत्वको सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ । बिहीबार आन्दोलनकारीको तर्फबाट जारी गरिएको संयुक्त वक्तव्यमा फुङलिङ काण्डको विरोध तथा पाथीभरामा केवकार बन्न नदिन आन्दोलनको घोषणा गरिएको उल्लेख छ ।

विज्ञप्तिमा फागुन १७ देखि २१ गतेसम्म चरणबद्ध आन्दोलन गर्ने उल्लेख छ । यसैगरी विज्ञप्तिमा ऐतिहासिक मुक्कुमलुङ (पाथीभरा) पवित्र मुन्धुमी स्थल, आस्था केन्द्र र शक्ति पीठ भएको उल्लेख छ ।  सोही कारण त्यहाँ केवलकार लगायत कङ्क्रिटका भौतिक संरचना नबनाउन सरकार र सम्बद्ध सबै पक्षसँग माग राखी शान्तिपूर्ण आन्दोलन गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।
अान्दाेलनरत पक्षले ४ बुँदे कार्यक्रम घाेषणा र ७ बुँदे माग राख्दै पत्रकार सम्मेलन गरेकाे छ ।

‘तर सम्पदा प्रेमी रैथाने आदिवासी लगायत स्थानीय तथा अन्य सरोकारवाला समुदायको शान्तिपूर्ण आन्दोलनलाई ओली सरकारले अमानवीय र पाशविक ढङ्गले बर्बर दमन गर्दै आएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘ २०८१ माघ १२ गते साँझ मुइङ थेगु (बलुडाँडा)मा सशस्त्रले लगभग दुई सय राउन्ड गोली प्रहार गरी ३ जनालाई सख्त घाइते बनायो भने २०८१ फागुन १० गते बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म फुङलिङ बजारमा ओली सरकारले श्वेत आतङ्क मच्चायो । ९ जना घाइते (हस्पिटल भर्ना भएका मात्र) र १८ जनालाई पक्राउ गरिएको छ ।’

आन्दोलनले उचाइ लिँदै गएपछि आत्तिएको ओली सरकारले आतङतक मच्चाएका भन्दै आन्दोलनकारी समूहले यसलाई ‘फुङलिङ काण्ड’ दिँदै आन्दोलनको घोषणा गरेको हो ।
जसअनुसार घटनाको भण्डाफोर गर्ने,  सरकार र आम जनसमुदायको ध्यानाकर्षण गराउने, काठमाडौँमा बृहत् जनप्रदर्शन र विरोधसभा आयोजना गर्ने, घटनामा संलग्नमाथि कारबाही गर्न उजुरी दिने लगायतका कार्यक्रम तय गरिएको छ ।
आन्दोलनकारीले मुक्कुमलुङ संरक्षकहरूलाई अपराधीकरण नगर्न, पक्राउ परेकालाई रिहा गर्न, घाइतेको निःशुल्क उपचार गर्न, पाथीभरामा केबलकार नबनाउन लगायतका माग राखेका छन् ।
मुक्कुमलुङ ताङ्सेःप चुम्भाे र मुक्कमुलुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिले संयुक्त रूपमा पत्रकार सम्मेलन गरेर अान्दाेलन घाेषणा गरेका हुन् ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...