प्रकाण्डको नेतृत्वमा विप्लव समूहको वार्ता समिति गठन

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, १८ फागुन। नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले सरकारसँग वार्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली बनाएको छ । टोलीको सदस्यमा उदय चलाउने ‘दीपक’ रहेका छन् ।

सरकारले समूहसँग वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा समिति गठन गरेको सार्वजनिक भएकै दिन भूमिगत पार्टीका महासचिव विप्लवले प्रेस विज्ञप्ति जारी गरेर आफूहरुको तर्फबाट पनि समिति बनेको जनाएका छन् ।

सरकारले बनाएको समितिमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्य छन् । सञ्चारमन्त्री पार्वत गुरुङले समूहमाथिको प्रतिबन्ध पनि चाँडै फुकुवा हुने बताएका छन् । समूह हिंसात्मक गतिविधिमा संलग्न भएको भन्दै २८ फागुन २०७५ मा सरकारले प्रतिबन्ध लगाएको थियो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा फुट आएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लवसँग वार्ताको प्रयास थालेका थिए । यसअघि पनि सरकारले सांसद सोमप्रसाद पाण्डेको नेतृत्वमा भूमिगत समूहहरुसँग वार्ता गर्ने भन्दै समिति बनाएको थियो । तर, विप्लव समूहसँग स्पष्ट संवाद हुनसकेको थिएन ।

सम्बन्धित समाचार

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...

सागर केरूङ निर्देशित लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार-०८१ जित्न सफल

ललितपुर, ३१ असार ।  लिम्बु भाषाकाे चलचित्र  ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...