झापाका पत्रकार सेढाई मातृशोकमा

 लिम्बुवान न्युज
                       

दमक। नेपाल प्रेस युनियनका सदस्य तथा ग्लोवल संसार मिडीयाका सञ्चालक पत्रकार शेखर सेढाईलाई मातृशोक परेको छ ।

कमल गाउँपालिका वार्ड नं ७ मुलघर भएका छोराहरु छबिलाल, मोहन, तेजप्रसाद, महेन्द्र, गंगा, सोम, तुलाराम र शेखर सेडाइ अनि छोरीहरु यमुना भेटवाल र मिना खरेलकी ममतामयी माता ८३ बर्षिय टंक माया सेढाइको शुक्रवार आफनै निवासमा निधन भएको हो ।

कान्छा सुपुत्र शेखर विर्तामोडमा बसेर उक्त मिडीयामार्फत ग्लोवल टिभी अनलाइन न्यूज पोर्टल चलाउदैआएका छन् । ठुलोबाह्घरे निवासी मृतक सेढाईको शनिवार विहान अन्त्येष्टि कन्काईमाइमा गरिएको छ ।

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...