किरातीहरुको सांस्कृतिक बिम्ब खुवालुङमा सरकारको नजर, नागरिक अभियन्ताहरुले गरे प्रदर्शन

 लिम्बुवान न्युज
                       

सुनसरी। किरातीहरुको आस्थाको धरोहर सांस्कृतिक बिम्व खुवालुङ्मा सरकारको नजर परेसँगै नागरिक अभियन्ताहरुले बिरोध प्रदर्शन शुरुगरेको छ । आज तमोर, अरुण र दूधकोशीको संगमस्थल खुवालुङ् पुगेरा सांस्कृतिक अभियन्ताहरुले सरकारको निर्णयको बिरोध गर्दै प्रदर्शन गरेका हुन् ।

किरात किरात समुदायको साँस्कृतिक स्थल खुवालुङ अतिक्रमण गर्ने सरकारको निर्णयले सिंगो किरात समुदायमाथि प्रहार भएको अभियन्ताहरुको ठहर छ ।

सप्तकोशीमा जहाज चलाउने नाममा किरात समुदायको साँस्कृतिक पहिचान खवालुङ ढुंगा फुटाउने सरकारी कदमको विरोधमा प्रदर्शन गरिएको हो । बृहत् नागरिक आन्दोलन, आदिवासी जनजाति साहित्यकार महासंघ तथा सम्पदा संरक्षणकर्मी खुवालुङ ढुङ्गा रहेको स्थानमा पुगेर विरोध गरेका हुन् ।

किरात सभ्यता र मुन्धुमी मिथकमा जोडिएको सो ढुङ्गा उदयपुर, धनकुटा र भोजपुर तिनवटा जिल्लाको सीमानामा पर्छ । सुनसरीको वराह क्षेत्र नजिकै अवस्थित खुवालुङ क्षेत्रमा किरात समुदायले आफ्नो परम्परागत पूजा तथा अनुष्ठान गर्दै आएका छन् ।

गत फागुन ८ गते विराटनगरमा प्रधानमन्त्री ओलीले सो ढुंङ्गा फूटाएर भएपनि कोशीमा पानी जहाज चलाउने उद्घोष गरेपछि किरात समुदाय आन्दोलित बनेका हुन् ।

सोमबारको विरोध प्रदर्शनमा बोल्दै मदनपुरस्कार विजेता साहित्यकार एवं आदिवासी जनजाति साहित्यकार महासंघका संयोजक राजन मुकारुङले विकासको नाममा संस्कृतिमाथि धावा बोल्ने शासकहरुको विरुद्ध अब जनता उभिने बताए । उनले भने, ‘किरातीहरूको सांस्कृतिक बिम्बका रुपमा रहेको खुवालुङलाई राज्यले ढुंगाको रुपमा मात्रै नदेखोस् ।’

यसरीनै बृहत् नागरिक आन्दोलनका अभियन्ता बच्चु हिमांशुले राज्यले आदिवासी, जनजातिहरूको संस्कृतिमाथि बारम्बार प्रहार गरिएको भन्दै आक्रोश पोखे । उनले भने, ‘कतै रंगशालाको नाममा, कतै पानीजहाज त कतै मठमन्दिर, त कतै औद्योगिक पार्कको नाममा आदिवासीमाथि दमन गरिएको छ ।’

यस्तै खुवालुङ बचाउ समितिकी सचिव दिला राईले स्थानीय जनताको आस्था र भावना मिचेर सरकारले खुवालुङ ढुंगा फुटाउन लागेको बताइन् । उनका अनुसार बहुसंख्यक स्थानीय ढुंगा फुटाउन नमिल्ने पक्षमा छन् ।

विरोध कार्यक्रममा पूर्वी नेपालका विभिन्न स्थानबाट लेखक, कलाकार, विद्यार्थी अभियन्ता तथा संस्कृतिकर्मीको उपस्थिति थियो ।

स्थानीय इन्द्रहाङ खम्बुका अनुसार खुवालुङको शाब्दिक अर्थ “पानीमा रहेको ढुंगो” भन्ने बुझिन्छ । किरातका पूर्खाहरू यही ढुंगालाई केन्द्र मानेर अरुण, तमोर, दुधकोशी, सुनकोशी क्षेत्रतिर प्रवेश गरेको इतिहास रहेको खम्बुले बताए ।

सम्बन्धित समाचार

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...