अन्तराष्ट्रिय नारी दिवसको अवसरमा महिला सम्मानित

 लिम्बुवान न्युज
                       

दमक। दमक जेसीजले अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा एक महिला सम्मानित भएकी छन् । बिगत ५ बर्ष देखि झापाको गौरीगञ्ज गाउँपालिकाको स्वास्थ्य शाखामा ल्याव टेक्निसियनको रुपमा कार्य गर्दै आउनु भएकी सुमित्रा गुरुङ्लाई अाज सम्मान गरेको हो ।

कोरोना भाइरसले विश्वव्यापी रुपमा आक्रन्त पारेको समयमा झापा जिल्ला भरीकै एकमात्र नमूना पिसिआर संकलकको रुपमा अग्रपंक्तिमा रहेर सेवा पु¥याउनु भएकी गुरुङलाई १ सय एघारौं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिकाका उपमेयर गीता अधिकारीको हस्तवाहुलीबाट सम्मानपत्रद्वारा सम्मान गरिएको दमक जेसीजका महासचिव निरोज आचर्यले बताए ।

कार्यक्रम दमक ८ स्थित दमक जेसीज भवनको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रममा दमक जेसीजका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...