प्रदेश २ सरकारको नारी दिवसमा बाढ्यो १ हजार पाँचसय साइकल

,   लिम्बुवान न्युज
                       

धनुषा। प्रदेश २ सरकारले ‘बेटी पढाउ बेटी बचाउ कार्यक्रम’ अन्तर्गत १११औं अन्तर्राष्ट्रिय नारी दिवसमा कक्षा ८ का छात्राहरुलाई साइकल वितरण गरेको छ । सोमबार प्रदेश २ सरकारले एक समारोहका बिच धनुषा जिल्लाको २७ विद्यालयका एक हजार पाँच सय २० जना छात्रालाई साइकल वितरण गरेको हो ।

साइकल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले महिला सशक्त भए मात्र प्रदेशको विकास सम्भव हुने बताएका छन् । प्रदेश २ को सबै सामुदायिक विद्यालयका कक्षा ८ मा अध्यायनरत छात्राहरुलाई साइकल वितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिने समेत मुख्यमन्त्रीले जानकारी दिएका छन् ।

‘साइकलले महिला सशक्त हुँदैन । तर, समाजिक रुपान्तरणको लागि सहयोगी हुन्छ ।’ मुख्यमन्त्रीले सम्बोधन गर्दै भने । साइकल वितरणले छात्राहरुलाई समाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने चेतना अभिवृद्धि गर्ने जिकिर गर्दै मुख्यमन्त्रीले भने–‘यो काम प्रदेशमा रूपान्तरणको पहिलो खुड्किला हो ।’

गएको आर्थिक वर्ष ०७५/०७६ मा दुई सय ६१ विद्यालयका १४ हजार छात्राहरुलाई अभियान अन्तर्गत साइकल वितरण गरिएको थियो । यस आर्थिक वर्षमा २० हजार छात्रा यो कार्यक्रमबाट लाभान्वित हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

अर्को एक प्रसङ्गमा महिला हिंसा, दाइजो प्रथा, बालविवाह जस्ता कुरीति कुसंस्कार विरुद्धको कानूनलाई सशक्त रूपमा पालना गरेर अघि बढनुपर्ने भन्दै राउतले एसिड आक्रमण गर्ने, बलात्कारको घटनाका दोषी विरुद्ध कठोर कानूनको खाँचो रहेको औंल्याए । कार्यक्रममा एसिड पीडित धनुषाकी आरती साहलाई सम्मान समेत गरिएको थियो ।

प्रदेश २ संसद्की उपसभामुख उपमा देवको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहा, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादव, जसपा नेपाल संसदीय दलका प्रमुख सचेतक परमेश्वर साह, प्रदेशसभा सदस्य शिवचन्द्र चौधरी, सरस्वती चौधरी, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा लगायतले शुभकामना दिएका थिए ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;