सातौं दमक फूडफेस्टिवल समापन, ५० लाख भन्दा धेरैको कारोबार

 लिम्बुवान न्युज
                       

दमक। दमकमा संचालित सातौं दमक फूडफेस्टिल शनिबार समापन भएको छ । ५० लाख भन्दा धेरैको आर्थिक कारोबार गर्न सफल भएको फेस्टिवल गत २३ गते देखि संचालन भएको हो ।

प्रत्येक साँझ राष्ट्रिय कलाकारहरुका साथ सांगीतिक कार्यक्रम सहितको फेस्टिवलमा चर्चित कलाकारहरु मेलिना राई, समिर घिमीङ (भिटेन), सन्दीप क्षेत्री, लाहुरे, निशान भट्टराई, सृजना खत्री, रिया श्रेष्ठ लगायतका कलाकारहरुले स्टेज तताएका थिए । साथै पूर्वका विभिन्न डान्स सेन्टरहरुबाट नृत्य तथा हाँस्यव्यङ्ग समेत प्रस्तुत गरिएको थियो ।

एक हप्ता संचालित फूडफेस्टिवल करिब ४५ हजारले अवलोकन गरेको संयोजक भुपेन्द्र न्यौपाने बताएका छन् । फेस्टिवल प्रवेश शुल्क १ सय रुपैयाँ राखिएको थियो । धिमाल, तामाङ्, राई, गुरुङ्, नेवार लगायतका जातीहरुको जातीय परम्पराका खानेकुराहरुको समेत व्यवस्था रहेको उक्त फेस्टिवलमा ४८ वटा विभिन्न होटल लगायत लगायत स्टलहरु राखिएको थियो ।

कोभिड १९ ले थलिएको होटल तथा पर्यटन व्यवसायलाई प्रबद्र्धन गर्न मद्दत पुग्ने विश्वासका साथ सातौं फूट फेस्टिवलको आयोजना गरिएको होटल व्यवसायी महासंघ प्रदेश नं. १ का अध्यक्ष राजन दंगालले बताएका छन् । फुड्फेस्टिवलमा कमल गाउँपालिकाका टिकाराम उप्रेतीलाई नगद ५ हजार र सम्मान पत्रले समान गरिएको थियो ।

 

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...

मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन घोषणा

ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...