देशमा उच्च जातीय अहंकारवाद स्थापित हुँदै–प्रचण्ड

 लिम्बुवान न्युज
                       

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा उच्च जातीय अहंकारवाद स्थापित गर्ने षड्यन्त्र भइ रहेको बताएका छन् ।

मंगलबार अग्रणी शहीद शुकदेव गुरुङ शहीद घोषणा राष्ट्रिय जागरण अभियान अन्तर्गतको सर्वपक्षीय अन्तरसंवाद तथा भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाललाई निरंकुश शासनतिर फर्काएर उच्च जातीय अहंकारवादलाई स्थापित गर्ने षड्यन्त्र भएको बताए । आफूहरुले जातीय अधिकार, समानता, आत्मसम्मान र स्वतन्त्रताको कुरा गर्दा जातिवादीको बिल्ला भिराएको उनले गुनासो गरे ।

“गत पुष ५ गतेको प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णय त्यो भयानक ठूलो षड्यन्त्र थियो । नेपालका आदिवासी जनजाति, दलित, मधेसी, मुश्लिम, महिला सबैले पाएको अधिकार पनि खोस्ने र पहिलाको जस्तै निरंकुश शासनतिर नेपाललाई फर्काउने अनि उच्च जातीय अहंकारवादलाई स्थापित गर्ने षड्यन्त्र थियो,” उनले भने, ‘तपाई हामीले अलि जातीय अधिकारको कुरा, समानताको कुरा, आत्मसम्मानको कुरा, संघीयता, पहिचान र स्वतन्त्रताको कुरा ग¥यो भने हामीलाई जातिवादीको बिल्ला भिराउने अनि आफू चाहिँ उच्च वर्ग, उच्च जातिको अहंकारवाद र अन्धराष्ट्रवाद लाद्ने यो षडयन्त्र भएको छ ।’

त्यसैगरी जनताले ल्याएको संघीयता र गणतन्त्र प्राप्त अधिकार खोस्नलाई माओवादी आन्दोलन र प्रचण्डलाई प्रहारको निशाना बनाइएको पनि उनको भनाइ थियो ।

यतिबेला मुलुकलाई संघीय राज्य बनाउने कि पुनः यथास्थितिमा राज्य निर्माणलाई फर्काउने वर्तमान सरकारको भूमिका नै शंकास्पद भएको अध्यक्ष प्रचण्डको भनाई थियो ।

 

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...