देशराजले ल्याए ‘सुर्यको पहिलो किरणसँगै’ भिडियाे सहित

 लिम्बुवान न्युज
                       

दमक। संचारकर्मी देशराज नेम्बाङ्को निर्देशनमा ‘सुर्यको पहिलो किरणसँगै’ भिडियो सार्वजनिक गरेको छ । समदर्शी सञ्चार प्रालिले सो भिडियो निर्माण गरेको हो ।

मञ्जील बस्नेतको शब्द संगीत तथा अजय लिम्बू स्वरमा रहेको गीत ‘सुर्यको पहिलो किरण सँगै’ को म्यूजिक भिडियो प्रालिले आफ्नै यूट्यव च्यानलबाट सार्वजनिक गरेको हो ।

सुरज लिम्बुको सह–निर्देशन रहेको सो म्युजिक भिडियोमा सुरज लिम्बु र सुुमीजंग रानाको मुख्य भुमिका रहेको छ । अतिथि कलाकारको रुपमा रोशन शंकरको अभिनय हेर्न सकिनेछ ।

म्यूजिक भिडियोमा आफुले मनैदेखि मन पराएको व्यक्तिलाई मनको कुरा व्यक्त गर्न नसक्दाको पीडा उजागर गरिएको छ । कलेज लाईफमा केटाको सौंख लेखक बन्ने हुन्छ । केटी रोमान्टिक हुन्छे । केटाको कुरा केटीले खासे गहिरो रुपमा लिएको हुँदिनन् । जब केटा केटीको नजिक हुन खोज्छ । आफ्नो मनको कुरा व्यक्त गर्न खोज्छ तर केटीले अर्कै संसार रोजी सकेको हुन्छे । यसरी मनभित्रको माया एउटा सम्झनाको रुपमा सिमित हुन्छ ।

चुलाचली इलाममा रहेको झण्डी डाँडालगायत झापा दमकको सेरोफेरोमा छायाँकन गरिएको सो भिडियो अरुण राई, सन्देश राई र अन्जान गिरीको छायाँकनमा बनेको छ ।

(भिडियाे तल हेर्न सक्नुेहुनेछ)

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...