क्यान्सरपिडित कलाकार देउमान केरुङ सहयोगार्थ साँगीतिक साँझ हुने

 लिम्बुवान न्युज
                       

दमक। क्यान्सरपिडित कलाकार तथा संगीत व्यवसायी देउमान केरुङ सहयोगार्थ बृहत साँगीतिक साँझ हुने भएको छ ।

नयाँ बर्ष २०७८ बैशाख २५ गते शनिबारको दिन राष्ट्रिय नाचघर जमल काठमाडौमा नेपालका करिब चार दर्जन बढी ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुतीमा उक्त साँगीतिक साँझ हुने भएको हो ।

जुनतारा सांस्कृतिक सेवा समाजको मुख्य आयोजनामा हुन लागेको उक्त कार्यक्रम बिशुद्व सहयोग सङ्कलनको लागि गर्न लागिएको समाजका अध्यक्ष तथा कार्यक्रम संयोजक हाँस्यकलाकार गणेश इशाराले बताए ।

पाँचथरको फालेलुङ ३, एकत्तिन जोरपाटीमा २०२२ साउन ३२ गते लक्ष्मण केरुङ र सरानी पन्धाक केरुङको कोखबाट जन्मेका देउमान बिगत डेढ बर्ष देखि फोक्सोको क्यान्सरबाट पिडित छन् ।

करिब २० लाख बढी खर्च गरेर भारतको राजिव गान्धी अस्पतालमा फोक्सोको सफल शल्यक्रिया गरेको ६ महिना नबित्दै पुनः समस्या दोहोरिएको छ ।

हाल उनी नेपाल क्यान्सर अस्पताल हरिसिद्विमा नियमित परिक्षण गर्दै आएका छन् । मासिक करिब ७० हजार बढिको नियमित औषधी सेवन गर्नुपर्ने भएकोले उनी अत्यन्तै ठूलो आर्थिक संकटमा परेका छन् ।

आजीवन गीत संगीतको उत्पादन बजार प्रवर्द्धन गर्दै इना क्यासेट सेन्टरको प्रबन्धक समेत रहेका देउमान यतिखेर अत्यन्तै जटिल समस्यामा परेका छन् ।

यस्तो अवस्थामा पुनः थोरै थोरै भएपनी आर्थिक सहयोग पुर्याउने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको संयोजकले बताए ।

एक श्रष्टा सदैब राष्ट्रको लागि योगदान दिएपनि अन्तमा अति कष्टकर जीवन गुजार्नुपर्ने बिडम्बना रहेकोले मानवियताको नाताले पनि सक्दो सहयोगको अपिल गर्दै कलाकारहरु एकजुट हुने उद्देश्यले समेत गर्न लागिएको सहयोगार्थ साँगीतिक साँझको लागि संयोजक इशारासँग प्रत्यक्ष ९८०८८५७६९३ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

भिडियो हेर्नुहोस – सहयाेगकाे अपिल सहित कलाकार -पार्वती राइ

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...