गणेश मावो लिम्बुवान भोलेन्टियर्स ताप्लेजुङ् जिल्ला कमाण्डको संयोजकमा चुनिए

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ्। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको संगठन ‘लिम्बुवान भोलेन्टियर्स’(एलभी)हरुको जिल्ला भेलाबाट गणेश माबोको संयोजकत्वमा ३५ सदस्यीय ताप्लेजुङ जिल्ला एलभी कमान्ड गठन गरिएको छ ।

संघीय लिम्बुवान मञ्चका प्रान्तीय उपमहासचिव इन्दीरा मेन्याङबोको प्रमुख आतिथ्यता तथा प्रान्तीय सचिव तथा एल.भी. कार्यबहाक कमाण्डर राजु राईको विशेष आतिथ्यतामा आज ताप्लेजुङको फुङलिङमा कमाण्ड गठन भएको हो ।

जिल्ला संयोजक माबोको कमाण्डमा गठित फिल्डकमाण्डरहरुमा सन्तोष तबेवुङ लिम्बु, सुरेश इधिङ्गो, विष्णु ताम्लिङ, विजय लिङ्देन, सन्तोष लिङदेन, लोकेन्द्र ताम्लिङ, नरेन्द्र राई र पूर्ण खिम्दिङ् लगायत सदस्यहरू रहेका छन् ।

कार्यक्रममा मञ्चका प्रान्तीय सचिवालय सदस्य मुक्साम लाबुङ, प्रान्तीय सदस्य रिता मादेन, लिम्बुवान भोलेन्टियर्स केन्द्रीय सिनियर उप–कमाण्डर गणेश मिभक, जिल्ला उपाध्यक्ष प्रताप लिम्बू, जिल्ला सचिव अशोक मादेन लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...