मुसाहाङ् अम्याङ्साको हाइकु सङ्गह ‘मुक्तु’ विमोचन

 लिम्बुवान न्युज
                       

दमक, चैत १२/मुसाहाङ् अम्याङ्साको लिम्बू भाषाबाट प्रकाशित प्रथम कृति हाइकु सङ्ग्रह ‘मुक्तु’ विमोचन भएको छ । आज झापाको दमकस्थित एस.जी. होटलको सभाहलमा याक्थुङ् साहित्यकार पुष्पहाङ् लोरिङ्देन लोवाको प्रमुख आतिथ्यतामा सङ्ग्रहको विमोचन भएको हो ।

कृति विमोचन कार्यक्रममा बोल्दै साहित्यकार लोवाले मुक्तु हाइकु सङ्ग्रह भित्र रहेका सिद्धान्तनत् हाइकु जापानी परम्परागत काव्य साहित्यबाट फैलिएको तीन हरफको छोटो, मिठो, कसिलो र रसिलो कविता संरचनाबद्वताको १७ अक्षरीय रुपमा पाँच सात पाँच वर्णका शब्दहरुको मात्रा मिलाएर पूर्ण अभिव्यक्ति दिने स्वतन्त्र विधाको रुप हो ।

नेपाली नयाँ पुस्ताका कविहरुले वि.संं २०१९ सालमा जापानी साहित्यको स्वाद लिई लेख्न सुरु गरेको इतिहास छ तर लिम्बू भाषाबाट भने केही पत्रपत्रिकामा मात्रै प्रकाशित हुँदै आएको थियो । वि.सं. २०६२÷०६३ सालदेखि नेपाली तथा लिम्बू साहित्यमा कलम चलाउन थालेका अम्याङ्साको कृति याक्थुङ् साहित्य प्रतिष्ठान झापाले प्रकाशन गरेको हो । कृति भित्र किरात सिरिजङ्गा लिपीबाट दुई सय ५५ वटा हाइकुहरु समावेश छन् । यो नै याक्थुङ् (लिम्बू) भाषामा प्रकाशन भएको पहिलो कृति भएको बताए ।

लेखक/सञ्चारकर्मी अम्याङ्साले संक्षिप्त किरात इतिहास तथा आथरेहाङ् मुसाहाङ् लिम्बू बंशावली दस्तावेज २०७४ लगायत विगतमा लिम्बू/नेपाली साहित्यमा हाइकु तांका रुबाइ, गजल फुटकर सिर्जनाहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित रहेका थिए । लेखकद्धारा केही हाइकुहरु समेत वाचन गरेका थिए । स्रष्टा लिम्बू/नेपाली भाषाबाट प्रकाशित नाम्गेत लिम्बुवान र पोक्लाबाङ् पत्रिकाको प्रकाशक/प्रधान सम्पादक हुन् ।

विमोचन कार्यक्रम याक्थुङ् साहित्य प्रतिष्ठान झापा अध्यक्ष सेसेमी सेनाल्बोको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन प्रतिष्ठान महासचिव सेसेहाङ् फियाकले गरेका थिए ।

सम्बन्धित समाचार

लक्ष्मी उच्च माध्यमिक विद्यालयले तीन दिने स्वर्ण महोत्वसव मनाउदै

अजित धिमाल बेलबारी । बेलबारी-११, लक्ष्मीमार्ग स्थित लक्ष्मी उच्च माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५० वर्ष पूरा गर्दै तीन दिने स्वर्ण महोत्सव मनाउदैछ । शुक्रवार देखि आइतबार सम्म महोत्सव मनाउन लागेको हो । २०३२ सालमा भाङ्बारीकाे...

धरानमा लिम्बू पालामी चलचित्र ‘मिम्लेन् फूङ्’ प्रदर्शन हुने

दमक, १८ मङ्सिर ।  लिम्बू पालामी चलचित्र 'मिम्लेन् फूङ्' धरानमा प्रदर्शन हुने भएको छ | आगामी २०८२ साल पुष १३ गते विहान आठ १५ बजेदेखि फ्रेन्ड्स सिनेमा बराह मलमा विशेष प्रदर्शन हुने भएको हो |...

आज किरात समुदायको चार्ड उधौली मनाईदैः नेवारले पनि यःमरी पुर्णिमा मनाउँदै

दमक, १८ मंसिर । मंसिरे पूर्णे अर्थात धन्यपूर्णिमाको दिन आज किरात समुदायले आफ्नो रितिरिवाज, परम्परा अनुसार विविध कार्यक्रम गरि मनाउँदैछन् । आफ्ना पूर्खाहरुको सम्मानमा किरातीहरुले चासोक, उभौली पर्व मनाउने गरेका छन् । किरात जातीहरु लिम्बुले...

उज्यालोको आज घोषणा सभा: मन्त्री घिसिङले सम्बोधन गर्ने

दमक, १७ मङ्सिर । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा आज दिउँसो १ बजे हुँदैछ । काठमाडौ श्थित प्रज्ञा भवन कमलादीमा पार्टीले औपचारिक घोषणा सभा गर्न लागेको हो । घोषणा सभा...