उज्यालोको आज घोषणा सभा: मन्त्री घिसिङले सम्बोधन गर्ने

,   लिम्बुवान न्युज
                       

दमक, १७ मङ्सिर । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा आज दिउँसो १ बजे हुँदैछ । काठमाडौ श्थित प्रज्ञा भवन कमलादीमा पार्टीले औपचारिक घोषणा सभा गर्न लागेको हो ।

घोषणा सभा कार्यक्रममा प्रमुख अतिथि ऊर्जामन्त्री मन्त्री कुलमान घिसिङ सहभागी हुने बताइएको छ । सोही कार्यक्रममा  उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येयसहितको घोषणापत्र २०८२ समेतसार्वजनिक गरिने स्रोतले जनाएको छ ।

पार्टीले यसअघि मङ्सिर १२ गते जारी गरेको विज्ञप्तिमा दलहरूको भीडमा थप एक नयाँ दलको रूपमा मात्रै नभई उज्यालो सपना साकार पार्न सक्ने नेतृत्व, कार्यकुशलता र अनुभव भएको दाबी गरेको थियो ।

मन्त्री घिसिङले पार्टीमा आफ्नो धारणा सार्वजनिक गर्ने बयाइएको छ । उक्त कार्यक्रमले चुनावी कार्यक्रमको तयारी साथै सातै प्रदेशमा समिती गठन गर्ने गृहकार्य भै रहेको केन्द्रीय सदस्य प्रा.डा. महेन्द्र लावतीले लिम्बुवान खबरलाई बताउनु भएको छ ।

पार्टीले बहुसास्कृतिक समाजवाद र सह अस्तित्ववाद पार्टीको विचारधारा मुल एजेन्डा रहेको प्राडा लावतीले बताउनु भयो । डा लावतीका अनुसार पार्टी बहुसास्कृतिकवादमा क्लियर भएको हुँदा सबै पहिचानलाई अटाउन सकिने स्पष्ट पार्नुभएको छ ।

 

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;