हाङ्पाङमा लिम्बुवान मञ्चको समिति गठन

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ्। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको संघीय लिम्बुवान मञ्च, नेपाल आठराई त्रिवेणी ३ हाङ्पाङमा समिति गठन भएको छ । शनिबार सम्पन्न भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सञ्जय यक्सोको अध्यक्षतामा १४ सदस्यीय समिति गठन भएको हो ।

लिम्बुवान मञ्चका जिल्ला सचिवालय सदस्यद्वय मिलन यक्सो र विनय आङ्बुहाङ्को उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । समितिको उपाध्यक्षमा अम्बिका सेम्बु, सचिवमा ज्ञानेन्द्र यक्सो, सहसचिवमा सन्तकुमार यक्सो, अर्थसचिवमा विश्वराज याक्सो चुनिएका छन् । त्यसैगरी समितिको सदस्यहरुमा शुक्रराज साँबा, युगल चोङबाङ, सेसेहाङ सेरेङ, विरेन यक्सो, मनोज यक्सो, बुतल यक्सो, खगेन्द्र यक्सो, ठुलीराम बराईली र सुमन यक्सो रहनु भएको छ ।

सो अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा मञ्चको राजनीतिक एजेण्डा पुस्तिका वितरण गरिएको थियो । साथै कार्यक्रमले राजेन्द्र यक्सो, ज्ञानेन्द्र यक्सो, प्रेम यक्सो र इन्द्रबहादुर यक्सोलाई समितिको सल्लाहकारको जिम्मेवारी दिइएको मञ्चका जिल्ला सचिव अशोक मादेनले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...