तराई तथा मधेशमा आज होली पर्व मनाइँयो

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। रंगहरूको पर्वको रुपमा मनाईले फागु (होली) आज तराई तथा मधेसका जिल्लाहरूमा हर्षोलासपूर्वक मनाइँएको छ ।

पहाडी जिल्लामा (हिजो) आइतबार नै फागु पूर्णिमा अर्थात् होली मनाइए पनि तराई मधेसका जिल्लाहरूमा भने आज (सोमबार) होली मनाइएको हो । सरकारले पहाडमा अघिल्लो दिन र तराई मधेशमा पछिल्लो दिन विदा दिदै आएको छ ।

माेरङकाे पथरीशनिश्चरे शेल्फी राेडमा हाेली खेल्दै युवाहरू

कोरोना संक्रमण बढेको कारण देखाउँदै सरकारले होली खोल्न सामूहिक रुपमा भने बन्देज गरेको थियो । तर पनि स्वतस्फुर्त रुपमा चाड मान्नेहरुले होली आ–आफ्नै ढंगले मनाएका छन् ।

भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूर्णिमालाई दुई दिने मनाउने चलन छ । स्थानअनुसार मनाइने फागु पुणर््िामाको नाम पनि फरक फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ ।

होलीमा हुन सक्ने उच्छृङ्खल गतिविधि, भिडभाड रोक्न प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...