मोफसलकै चर्चित बुढासुब्बा गोल्डकप आगमी चैत्र २६ देखि हुने

 लिम्बुवान न्युज
                       

धरान , १८ फागुन । मोफसलकै चर्चित बुढासुब्बा गोल्डकप आगामी चैत २६ गते देखि प्रतियोगिता हुने भएको छ । आयोजक धरान फुटबल क्लबले बुधबार पत्रकार सम्मेलन गर्दे चैत २६ गतेदेखि वैशाख ३ गतेसम्म २३औं टुबोर्ग बुढासुब्बा गोल्डकप प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो ।

धरान –१६ स्थित रङ्गशालामा हुने सो प्रतियोगितामा आयोजक सहित ८ वटा टिमले सहभागिता जनाउने क्लबका अध्यक्ष किशोर राईले पत्रकार सम्मेलनमा जानकारी दिए ।

कोरोना महामारीको कारण गतबर्ष स्थगित भएको प्रतियोगिता यो वर्ष भव्यताका साथ सम्पन्न गर्ने आयोजकले बताएको छ । प्रतियोगिताको विजेताले नगद ट्रफीसँगै नगद १० लाख र उपविजेताले नगद ५ लाख पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ लाख ५० हजार पाउनेछन् भने प्रत्येक खेलको म्यान अफ दि म्याचले १० हजार नगद पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद २० हजार पाउनेछन भने उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्ड, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले जनही नगद १५ हजार पुरस्कार पाउने छन् ।

प्रतियोगितामा सहिद स्मारक लिगको उत्कृष्ट ३ वटा टिम, धरान फुटबल क्लब धरान, भारतका २ वटा क्लब र मोफसलको अन्य २ उत्कृष्ट क्लब पनि प्रतियोगितामा सहभागी हुने जानकारी दिइएको छ ।

२३ औँ संस्करणको प्रतियोगितामा ६६ लाख अनुमानित आय हुने अनुमान गरिएको छ भने ५१ लाख ३२ हजार खर्च हुने आयोजकको अनुमान रहेको छ । प्रतियोगिताको मुख्य प्रायोजक टुबोर्ग बियर, गोर्खा बु्रअरी, मुख्य सह–प्रायोजक क्वालिटी नुडल्र्स इन्टष्ट्रीज प्रा, ज्याकपट चाउ–चाउ, टेष्टी–टेष्टी बिस्कुट रहेका छन् ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...