पान्थरमा आनिपान भाषा शिक्षकहरुका लागि ३ दिने तालिम शुरु

 लिम्बुवान न्युज
                       

पाँचथर – फालेलुङ गाउपालिकामा आनिपान भाषा शिक्षकहरुका लागि ३ दिने तालिम आजदेखि सुरु भएको छ ।

फालेलुङ गाउपालिकाको केन्द्र थोक्लिम्वामा सुरु भएको तालिममा फालेलुङका विभिन्न विद्यालयहरुमा कार्यरत २० जना भन्दा वढि आनिपान भाषा शिक्षकहरुको सहभागिता रहेको जनाइएको छ । तालिमको सहजिकरण लिम्वु भाषा विकास संस्था (लिल्डा) का अध्यक्ष दिलेन्द्र कुरुम्वाङले गरिरहनु भएकको छ ।फालेलुङ गाउपालिकाको सहयोगमा किरात याक्थुङ चुम्लुङ गाउकार्य समिति फालेलुङको आयोजनामा तालिम शुरु भएको हो ।

तालिमको उद्घाटन प्रमुख अतिथि आसनबाट फालेलुङ गाउपालिका अध्यक्ष सन्च कुमार केरुङले गर्नुभएको थियो । तालिमको उद्घाटन समारोहमा फालेलुङ गाउपलिकाका उपाध्यक्ष हिमा अधिकारि फालेलुङ गाउपालिको प्रमुख प्रसाशकिय अधिकृत विनोद कुमार चौहान र फालेलुङ ३ का वडा अध्यक्ष विर वित्रम थाम्सुहाङको सहभागिता रहेको थियो ।

तालिमको उद्घाटन कार्यक्रम किरात याक्थुङ चुम्लुङ गाउकार्य समिति फालेलुङका अध्यक्ष कुमार केरुङको अध्यक्षतामा सम्पन्न भएको सचिव गगन जवेगुले वताउनुभएको छ ।

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...