घेदुङ अध्यक्षमा मोहन गोले निर्वाचित

 लिम्बुवान न्युज
                       

काठमाडौं, २ चैत्र । नेपाल तामाङ घेदुङको नवौं महाधिवेशनबाट अध्यक्षमा पुनः मोहन गोले तामाङ निर्वाचित भएका छन् । फागुन २९ गतेबाट काठमाडौंमा सुरु भएको महाधिवेशनमा मंगलबार अबेर सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

अर्का प्रत्यासी अध्यक्ष उम्मेद्वार बेली लामालाई हराउँदै गोले निर्वाचित भएका छन् । उनले ४ सय १ मत ल्याएका थिए भने उनका प्रतिद्वन्दी लामाको पक्षमा १ सय ७ मत खसेको थियो ।

यसरी नै सहअध्यक्ष पदमा कुमार घिसिङ निर्वाचित भए । घिसिङले ३२१ मत प्राप्त गरेका छन् भने उनका अर्का प्रत्यासी मित्रसेन योञ्जनले १४६ मत प्राप्त गरेका छन् ।
यसरी नै वरिष्ठ उपाध्यक्षमा रामकृष्ण ब्लोन, उपाध्यक्षहरुमा सोमबले तामाङ, नरबहादुर मोक्तान, धर्म डुम्जन, मानबहादुर तामाङ, दिपक वाइबा र महिला उपाध्यक्षमा सन्चकुमारी ब्लोन र सिता लामा रहेका छन् ।

यसैगरी महासचिवमा काजीमान थिङ, उपमहासचिवहरुमा जगतमान दोङ र हर्कमान तामाङ, त्यसैगरी सचिवहरुमा जयमान वाइवा, गोमानसिं तामाङ, बेलबहादुर तामाङ र बिनाकुमारी माम्बा रहेका छन् भने कोषाध्यक्षमा रुपबहादुर योन्जन निर्वाचित हुँदा सहकोषाध्यक्षमा सावित्री तामाङले बाजी मारिन् ।

अधिवेशनले सदस्यहरुमा पदमबहादुर ग्याबक, गोपाल मोक्तान, विष्णु मोक्तान, दिलबहादुर तामाङ, पदम तामाङ, चन्द्रबहादुर तामाङ, धनबहादुर तामाङ, डम्बरी माया घिसिङ, कमला तामाङ, शारदामाया तामाङ, पाल्छाङ योञ्जन, जयमान पाख्रिन, भिमबहादुर घिसिङ, प्रेमध्वज लामा, लक्ष्मी वाइबा, राम्रीमाया तामाङ, दिनेशकुमार तामाङ, अमृत तामाङ, मिनबहादुर लामा, सुवास लामा, फुर्साङ तामाङ, सूर्य पाख्रिन, हिरालाल तामाङ, रोजबहादुर मोक्तान, सुवास लामा, निर्मलबहादुर तामाङ, मेम्बर बहादुर लो, दिना लामा, संगीता तामाङ, पासाङ डोल्मु तामाङ, उषा वाइवा, सितामाया तामाङ, अजय दोङ तामाङ, शुकदेव तामाङ, सुन्दर तामाङ, आशा तामाङ, बिरबहादुर तामाङ, कविराम तामाङ, जानुकला तामाङ, शान्त तामाङ, इन्द्रमाया लामा, लक्ष्मी पाख्रिन, सुनिता थोकर, निशा मोक्तान, श्रमिक लामा निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...