दमक, २ चैत्र ।गायीका दीपा सुहाङ लिम्बू र गायक इन्द्रशुसिल तिलिङ चोङबाङको सुमधुर आवाजमा सजिएको पुर्बेली गीत ‘नक्कले भेना’ को भिडियो सार्वजनिक भएको छ ।
गीतकार एस.पी.निङलेकु लिम्बूको शब्द रहेको इन्द्रशुसिल तिलिङ चोङबाङको संगीतमा मिना लिम्बू नेम्बाङको अभिनय रहेको पुर्बेली गीत ‘नक्कले भेना’ को भिडियो सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक भएको हो ।
निर्देशक रवि किरण मादेनको निर्देशनमा शिरकुमार साम्पाङ राईको छायाँकन तथा बसन्त वाम्बुले राईको सम्पादन रहेको भिडियोमा निसुम लिम्बू, सुनिता लिम्बु, सुजता साम्बा, लिला केदेम लिम्बू, मिना मादेम्बा, चन्द्र मादेम्बा, फुलमाया मादेम्बा, कुमारी पयाङगु, राजकुमारी लिम्बू, तुलसा वनेम, नम्रदा लिम्बू, प्रेम कुमारी लिम्बू, शेर कुमार तिलिङ चोङबाङ, केहेरसिं तिलिङ चोङबाङ, मिलन तिलिङ चोङबाङ, बिष्णु सोल्टी तिलिङ चोङबाङ, बिर्ख तिलिङ चोङबाङ, एल.बी. नेयोङ र थानाहाङ तिगेलाको समेत अभिनय हेर्न सकिने छ ।
धनु ग्याङमीको संगीत संयोजनमा किङग स्टुडियो काठमाण्डौ र म्यूजिक मिडिया धरानमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका हुन् ।
ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...
दमक, १५ असार । मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...
ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ । शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...
दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...