दमकमा ‘गोल्डअवार्ड बेकरी’ आजबाट संचालन

 लिम्बुवान न्युज
                       

दमक,२ चैत । दमक– ६ स्थित देवकोटा चौकमा बुधबारदेखि ‘गोल्डअवार्ड बेकरी हाउस’ सञ्चालनमा आएको छ । बेकरीमा अन्तराष्ट्रिय ख्याति प्राप्त कमाएका दक्ष तीन जना युवाहरुले मिलेर आफनै ठाँउमा व्यवसायिक बेकरी हाउस सञ्चालनमा ल्याएका हुन् ।

आधुनिक तथा पारिवारिक वातावरणसहितको उक्त गोल्ड अवार्ड बेकरी हाउसको दमक- ६ का वडाध्यक्ष टेकबहादुर थापाले उद्घाटन गरे । उद्घाटनका क्रममा वडाध्यक्ष थापा, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ लगायतले व्यवसायिक सफलताको शुभकामना राखेका थिए ।

बेकरीमा अन्तराष्ट्रिय ख्याति प्राप्त गोल्डमेडलिष्ट भईसकेका इन्द्रकुमार खापुङ, ज्ञान बहादुर योङया र दिपेश नेम्बाङले उक्त बेकरी हाउस सञ्चालनमा ल्याएका हुन् । खापुङ बेकरीमा मलेशिया,माल्दिभम्स लगायतका देशमा विभिन्न अवार्ड जितिसकेका युवा उद्यमी हुन् । उनले पछिल्ला समय नेपालीको रोजाई बन्दै गएकाले विदेशकै स्तरीय बेकरी उपलव्ध गराउन आफूहरुले व्यवसायिक शुरुवात गरेको बताए । उनले भने, –‘बेकरी परिकारमा नयाँ सन्तुष्टि दिन प्रतिवद्ध छौं, ग्राहकहरुले पक्कै पनि सेवा दिने मौका दिनुनै हुने छ ’बेकरीमा तीन जना युवाले करिव एक करोड लगानी गरिसकेका छन् ।

बेकरीमा आफनै उद्योग,बर्डथे लक्षित सेवा तथा खाजाका गुणस्तरिय परिकार सुलभ मूल्यमै सेवा पुरयाँउन प्रतिवद्ध भएको उद्यमी खापुङले बताएका छन् । उद्घाटनका अवसरमा ग्राहकहरुको सुविधाका लागि आर्कषक छुटको समेत व्यवस्था गरिएको उनले बताए । बयोवृद्ध हर्कहाङ खापुङको अध्यक्षतामा भएको बेकरी हाउस उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश समितिका कोषाध्यक्ष बिमल लामिछाने लगायत सञ्चारकर्मी,उद्यमी,व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन घोषणा

ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...

रोटरी क्लब अफले चुम्याे ‘दमक फुटसल प्रतियोगिता २०८२’ को उपाधि 

झापाको दमकमा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगिता २०८२ को उपाधि रोटरी क्लब अफ दमकले जितेको छ । पत्रकार मञ्च दमकको आयोजनामा पुष २१ गते आयोजित एक दिने प्रतियोगिताको फाइनल खेलमा कदम थिएटर दमकलाई ७–१ गोल अन्तरले हराउदै रोटरी च्याम्पियन बनेको हो । विजेता टिमले सेमिफाइनल खेलमा दमक नगर कर्मचारीलाई हराएको थियो भने कदमले आयोजक पत्रकार मञ्च दमक  (निलो) लाई हराउदै फाइनल प्रवेश गरेको थियो । यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर रोटरीका विसु राई चुनिदा, उत्कृष्ट खेलाडीको उपाधि कदमका दिपेश मगरले हात पारे । त्यस्तै प्रतियोगिता भरी ५ गोल गरेका रोटरीका सावन अधिकारीले हाइ स्कोररको पुरस्कार प्राप्त गरे । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद १० हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाए । विजेता खेलाडीहरुलाई मञ्चका अध्यक्ष कमन देवान, औपचारिक कार्यक्रमका प्रमुख अतिथि दमक ९ का वडा अध्यक्ष  कुबेर भट्टराई, अतिथिहरु इलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक नवीन राई, विधा लक्ष्मी स्कुल दमक ४ का  प्रधानाध्यापक भूपाल काफ्ले, दमकका युवा व्यवसायी रवि बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए । पत्रकार मञ्च दमकको आयोजनामा भएको प्रतियोगितामा दमक नगरपालिका, उधोग वाणिज्य संघ दमक, रोटरी क्लब  अफ दमक, कदम थिएटर दमक, लायन्स क्लब अफ दमक, दमक जेसिस सहित राजनैतिक दलकाे सहभागिता रहेकाे थियाे ।  तस्वीरः सजन राई

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...