दमकमा महेन्द्रा ट्याक्टर शोरुमकाे उद्घाटन

 लिम्बुवान न्युज
                       

दमक,६ चैत । महेन्द्रा कम्पन्नीको छैठौ शाखाका रुपमा दमकमा ट्याक्टर शोरुम सञ्चालनमा आएको छ । यससंगै महेन्द्रा कम्पन्नीको ट्याक्टर शोरुम देशभरि ६ पुगेको कम्पन्नीले जनाएको छ ।

जिल्लाको माइपश्चिम क्षेत्रका उपभोक्ताहरुलाई लक्षित गरि दमकको पश्चिम बसस्टेण्डमा विधिवत शोरुम सञ्चालनमा ल्याईएको कम्पन्नीका १ नम्बर प्रदेशका प्रमुख प्रभासमान शाक्यले बताए । भारतमा उत्पादित महेन्द्राको ट्याक्टर तथा गाडीहरु नेपालका लागि आधिकारिक विक्रेता अग्नी गु्रप कम्पन्नीले विगत ३० बर्षदेखि वजार हेर्देआएको छ ।

शोरुमको अग्नी ग्रुप कम्पन्नीका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले रिविन काटेर उद्घाटन गरेका थिए । शोरुम उद्घाटन पछि आयोजित संक्षिप्त जानकारी कार्यक्रममा बोल्दै अग्नी गु्रपका बजार निर्देशक बरदान बस्नेतले कृषि प्रयोजनका रुपमा विस्तारै ट्याक्टर आवश्यकता बन्दै गएकाले विक्रीसंगै सेवा दिन पनि कम्पन्नी प्रतिवद्ध भएको जानकारी दिए ।

कम्पन्नीले दमकपछि पूर्वी पहाडी भेगका उपभोक्ताका लागि धनकुटाको हिलेमा थप शोरुम सञ्चालनमा ल्याउने तयारी भईरहेको उनले बताए । दमकमा ट्याक्टर शोरुमको प्रवन्धकका रुपमा कुशल शाहलाई जिम्मेवारी दिईएको छ ।

शोरुम उद्घाटनमा कम्पन्नीका अधिकारी, स्थानीय व्यवसायी तथा ट्याक्टरका सेवाग्रहीहरुको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...