दमकमा वैशाख १ गते नेपथ्य लाइफ कन्सर्ट हुने

 लिम्बुवान न्युज
                       

दमक, ८ चैत । नयाँ बर्ष २०७९ को उपलक्ष्यमा बैशाख १ गते दमकमा नेपथ्य लाइफ कन्सर्ट हुने भएको छ । दमक ८स्थित ध्रुवतारा स्पोर्टिङ क्लवको ३०औं स्थापना दिवसको अवसर पारेर नेपथ्य लाइफ कन्सर्ट गर्न लागेको हो ।

मंगलबार क्लवले दमकमा पत्रकार सम्मेलन गरि कन्सर्टका बारेमा जानकारी गराएको छ । कन्सर्ट भव्य तथा सभ्य रुपले सम्पन्न गर्न क्लबका सदस्य गोपाल चेम्जोङलाई कार्यक्रम संयोजकको जिम्मेवारी प्रदान गरिएको आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष मिन मगर, नेपाल टच अष्ट्रेलियाका कार्यकारी प्रमुख राजके गोस्वामी लगायतले नेपथ्य लाइफ कन्सर्टका बारेमा बोलेका थिए । उक्त कन्सर्ट नेपाल टच अष्ट्रेलियाले गर्न लागेको र त्यसको संयोजन भने धु्रवतारा स्पोर्टिङ क्लव रहने क्लवका सचिव हिरामणि खड्काले बताए ।

उनका अनुसार दमक ९ स्थित सरस्वती माध्यमिक विद्यालय परिसरमा साँझ ७ वजेदेखि ९.३० वजेसम्म हुने लाइफ कन्सर्टको मुख्य प्रायोजक भने अष्ट्रेलियाकै किङस स्टन इन्ष्च्यिूट र सपोर्टमा जंगेकिल्ला इन्डफिल्डरर्स रहने छ । कन्सर्टमा करिव ५ हजार बढी दर्शकले सांगीतिक मनोरन्जन लिने छन् । कन्सर्टमा दर्शकका लागि रु १ हजार माथिका टिकट रहने जनाईएको छ ।

दुई घण्टा लामो हुने उक्त कन्सर्टमा ‘नेपथ्य’ ब्यान्डका गायक अमृत गुरुङले ‘छेक्यो छेक्यो, हिमाल चुचुरे, रेशम, भेँडाको ऊनजस्तो, तालको पानी, कोशीको पानी यो जिन्दगानी’ लगायतका चर्चित गीतहरु’ प्रस्तुत गर्ने जनाईएको छ ।

पत्रकार सम्मेलनमा ध्रुवतारा स्पोर्टिङ क्लवका संस्थापक अध्यक्ष भीमराज केसी, क्लवका पदाधिकारी, सदस्यहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...