नालीफूङ्वा झापा अध्यक्षमा डिल्लीहाङ्ग इङ्नाम निर्वाचित

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, १३ चैत । किरात साम्यो नालिफुङ्वा थुम पान्जुम्भो झापा अध्यक्षमा डिल्लिहाङ इङनाम निर्वाचित भएको छ । शनिबार झापाको खिजोत्लुङ माङहिमको प्राङ्गणमा सम्पन्न भएको नालिफुङ्वा झापाको पाँचौं सम्मेलनबाट इङनाम अध्यक्षमा निर्वाचित भएका हुन ।

सम्मेलन बाट निर्वाचित उपाध्यक्षहरु अरुना सेत्लिङ , हेमराज लिङ्देन रहेको छ । यसैगरी सचिवमा सोफिया लिम्बू , सह सचीव खड्कहाङ योङहाङ , कोषाध्यक्ष विन्ती फुरुम्बो सह कोषाध्यक्ष नाम्बिनहाङ ताप्मादेन निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरु अमिर योङहाङ , जमुना चेम्जोङ , राजकुमार लिम्बू , सुम्निमा योङहाङ , नुमा नेम्बाङ , साजन लिङ्देन , माङगेन्ना योङहाङ , आस्ना राइ , सोफिया राई , इक्सा चेम्जोङ रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथी किरात साम्यो नालिफुङ्वा मुजोत्लुङ पान्जुम्भो अध्यक्ष पृथिमान खालिङ राई अतिथिहरु किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भो अध्यक्ष ज्ञानु केदेम किरात धर्म तथा साहित्य उत्थान संघ कमल गाउपालिका अध्यक्ष सुर्य यक्पाङ्देन किरात साम्यो नालिफुङ्वा थुम मोरङका अध्यक्ष आकाश लङ्वा लिम्बू , किरात खिजोत्लुङ माङ्हिम अध्यक्ष भवानी विक्रम योङहाङ जलथल माङहिम सचिव पुर्ण कन्दङवा रहनु भएको थियो ।

कार्यक्रममा साक्थिम्गेन पान्जुम्भोका अध्यक्ष ज्ञानु केदेम, किरात धर्म तथा साहित्य उत्थान संघ कमल गाउपालिका अध्यक्ष सुर्य यक्पाङ्देन ,किरात साम्यो नालिफुङ्वा थुम मोरङका अध्यक्ष आकाश लङ्वा लिम्बू , किरात खिजोत्लुङ माङ्हिम अध्यक्ष भवानी विक्रम योङहाङ , जलथल माङहिम सचिव पुर्ण कन्दङवा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

किरात साम्यो नालीफूङवा थुम पान्जुम्भो झापाका अध्यक्ष सुक योङहाङको अध्यक्षतामा सम्पन्न सम्मेलन सचिव डिल्लिहाङ इङ्नामले सञ्चालन गरेका थिए । भने, स्वागत मन्तव्य सरिता लिङ्देनले राखेकी थिए ।

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...