कोशी प्रदेश खारेजीको माग गर्दै वडा कार्यालयमा तालाबन्दी, आन्दोलनले गति लिर्दै

 लिम्बुवान न्युज
                       

काठमाडौं, २२ फाल्गुन । ‘कोशी प्रदेश’ खारेजीको माग गर्दै वडा कार्यालयमा तालाबन्दी गरिएको छ । किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र मानिएको इलाम माङसेबुङ ५ को वडा कार्यालयमा आन्दोलनकारीहरुले तालाबन्दी गरेका हुन् ।

त्यस्तै माङसेबुङकै अर्को वडा नम्बर ३ ले सञ्चालन गरेको सेवा केन्द्र रहेको भञ्जाङमा समेत तालाबन्दी गरिएको जनाईएको छ ।

माङसेबुङस्थित नागरिक समाज र प्रदेश नम्बर १ लाई पहिचान सहित पुनः नामाकरण अभियान समितिले पहिचानको आधारमा प्रदेशको नामाकरण नगरिएको विरोधमा वडामा तालाबन्दी गरेको जनाएको छ ।
नागरिक समाजका अगुवा मनकुमार आङ्बुहाङले माङसेबुङमा तालाबन्दी सुरु भएको जानकारी दिएका छन् । उनले केही दिनभित्रै माङसेबुङ र माई नगरपालिकाका सबै वडा र कार्यपालिकाहरुमा तालाबन्दी गरिने बताए ।
आइतबार आन्दोलनकारीहरुले माङसेबुङको बुधबारेस्थित यलम्बर चोक र भञ्जाङ वरिपरी मोटरसाइकल र्यालीसहित कोणसभासमेत गरेका छन् ।

आयोजित कोणसभामा अभियानका तर्फबाट केहरसिंह योङहाङ, होम लिङ्देनले बोलेका थिए । त्यस्तै नागरिक समाजको तर्फबाट चनाहाङ शेर्मा र पूर्ण कर्कीढोली, जुनु माखिम लगायतले बोलेका थिए ।

वक्ताहरुले पहिचानको आधारमा प्रदेशको पुनः नामाकरण ‘लिम्बुवान किरात’ गर्नुपर्ने माग गर्दै सो माग सम्बोधन नभएसम्म आन्दोलन नरोक्किने दावी गरेका थिए । उनीहरुले यस आन्दोलनलाई विस्तार गर्दै प्रदेशव्यापी बनाइने समेत चेतावनी दिए ।

कोशी प्रदेश मान्दैनौं, किरात प्रदेश घोषणा गरे, लिम्बुवान प्रदेश घोषणा गर लगायत नाराबाजीसहित गरएको प्रदर्शनमा ‘कोशी प्रदेश’ लेखिएको कागजसमेत जलाइएको थियो ।

झापाको दुधे, पान्थरकाे फिदिम र इटहरीमा पनि प्रदर्शन

त्यसैगरी झापाको दुधे, पान्थरकाे फिदिम र इटहरीमा पनि कोशी प्रदेश खारेजीको माग गर्दैै प्रदर्शन भएको छ ।

लिम्बुवान किरात संयुक्त संघर्ष समितिले कोशी प्रदेश विरोध प्रदर्शन कार्यक्रमको आयोजना गरी प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरुले प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने र पहिचानको आधारमा लिम्बुवान–किरात प्रदेश नामकरण गर्नुपर्ने भन्दै नाराबाजीसमेत गरेका थिए ।

पहिचानवादी एक हौं, मुख्यमन्त्री हिक्मतकुमार कार्की मुर्दाबाद, कोशी प्रदेश मान्दैनौं लगायतका नारा लगाएका थिए ।
प्रदेश सभाले फागुन १७ गते कोशी प्रदेश नामाकरण गरेसँगै त्यसको विरुद्ध आन्दोलनले गति लिर्दै गरेको छ । लिम्बुवान किरात संयुक्त संघर्ष समिति लगायत राजनैतिक दलहरुले पनि आन्दोलनलाई चरणबद्ध रुपमा अघि बढाउँन विभिन्न तयारीहरु भईरहेको बताइएको छ ।

सम्बन्धित समाचार

छ दलले मात्र राष्ट्रिय दलको मान्यता पाउनेः कुन–कुन दलले कति मत पाए त ?

दमक, २६ फाल्गुन । प्रत्यक्ष तर्फको १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५० लाख मत कटाएको छ । दिउँसो २ बजेसम्मको अपडेट अनुसार रास्वपाले ५० लाख ३३ हजार ६२४ मत पाएको छ । समानुपातिकमा...

झापाको मतगणना आजैबाट शुरु: कहाँ-कहाँ हुँदै

झापा, २१ फागुन । झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि आज भएको मतदानको मतगणना तयारी सुरु भएको छ । सबै निर्वाचन क्षेत्रका कार्यालयहरुमा मतपेटिका ओसार्ने काम जारी छ । मतगणना आज राति सुरु गर्ने तयारी गरिएको...

झापा ५ मा मतदान सकिए सङ्गै मत पेटिका संकलन शुरु: आजैबाट गणना हुने

दमक, २१ फाल्गुन । सर्वाधिक चासोका साथ हेरिएको झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम शुरु भइरहेको छ । निर्वाचन कार्यालय झापा ५ का अनुसार, आजै सर्वदलीय बैठक बसेर बैठकको निर्णयपछि मतगणना...

झापा ५ इपिसेन्टरमा मतदान शान्तिपूर्ण: रन्जितले कमलमा गरे मतदान

दमक, २१ फाल्गुन । चुनावको इपिसेन्टर बनेको झापा क्षेत्र नम्बर-५ मा मतदान सुरु भएको पहिलो दुई घण्टामा ७.५ प्रतिशत मत खसेको छ । मतदाताहरू भोट हाल्नका लागि मतदान केन्द्रहरूमा लाइनमा उभिएका छन् । एमालेका अध्यक्ष...