प्रदेश १ को पुनः नामाङकनको माग गर्दै आन्दोलनको घोषणा

 लिम्बुवान न्युज
                       


दमक, २५ फागुन । प्रदेश नं. १ को नाम कोशी प्रदेश राखिएकोमा पुनःनामकरणको मागसहित आन्दोलनको घोषणा गरिएको छ । सबै सरोकारवालाहरुको संयुक्त बैठकले ‘प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ गठन गरि आन्दोलन घोषणा गरेको हो ।
किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, नेपाल शेर्पा संघ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान प्रान्तीय मञ्च, किरात मोर्चा, जनता समाजवादी पार्टीका भ्रातृ संगठनहरु, अन्य राजनैतिक दलहरु र किरात धर्म तथा साहित्य उत्थान संघ लगायत सामाजिक संघ संस्थाहरु संलग्न संयुक्त संघर्ष समितिले फागुन २८ गते प्रदेशमा आमहड्ताल सहित चरणवद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ ।
लिम्बुवान–किरात संयुक्त संघर्ष समिति, पहिचान सहितको प्रदेश नं. को १ पुनः नामाकरण अभियान समिति र किरात राई यायोक्खाद्वारा प्रदेशको नाम कोशी खारेजीको लागि आजसम्म घोषित कार्यक्रमहरु सफलतापुर्वक सम्पन्न गर्दै आजै नेपाल आदिवासी जनजाति महासंघ र थप विभिन्न नयाँ घटक सदस्यहरु समेतसँग संयुक्त बैठक बसी आन्दोलनलाई एकीकृत गर्नुका साथै संघर्ष समितिको नाम समेत परिवर्तन गर्दै संयुक्त आन्दोलनका कार्यक्रमहरु पारित गरेको किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले जनाएका छन् ।
चरणबद्ध आन्दोलन अन्तर्गत फागुन २५ र २६ गते प्रदेशव्यापी कालो झण्डा गाड्ने, कोणसभाहरु गर्ने, स्थानीय तह लगायतका कार्यालयहरुमा तालाबन्दी गर्ने, कोशी नामका बोर्डहरु हटाउने, कोशी नामका लेटरप्याडहरु जलाउने कार्यक्रम रहेको जनाइएको छ । संघर्ष समितिका अनुसार उक्त दुई दिन कोशी प्रदेश नाममा मत हाल्ने प्रदेश सांसदहरुलाई प्रतिकार गर्ने, वडा तहसम्म संघर्ष समिति विस्तारलाई जारी राख्ने, पर्चा निर्माण र वितरण गर्ने, भित्ते लेखन गर्ने कार्यक्रम रहेको छ । यस अवधिमै उद्योगी, व्यवसायी, व्यापारी, यातायात लगायतका निकाय, व्यक्ति एवं संस्थाहरुसँग समन्वयात्मक बैठक बस्ने पनि समितिले घोषणा गरेको छ ।
फागुन २७ भने प्रदेशव्यापी राँके जुलुस र फागुन २८ प्रदेशमा आम हड्ताल गर्ने तय भएको अध्यक्ष येक्तेनले जनाए । यसरी नै किरात धर्म तथा साहित्य उत्थान संघको समन्वयमा चैत ५ गते प्रदेशको राजधानी विराटनगरमा बृहत जनप्रदर्शन गर्ने समितिले जनाएको छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...