चुम्लुङद्वारा पूर्वमुख्यमन्त्री सहित ५ प्रदेशसभा सदस्यहरु सम्मानित

 लिम्बुवान न्युज
                       


ललितपुर, २६ फागुन । किरात याक्थुङ चुम्लुङ संघीय समितिले प्रदेश सभामा किरात लिम्बुवान सगरमाथा नामाकरण दर्ता गरेका पूर्व मुख्यमन्त्री सहित ५ जना प्रदेशसभा सदस्यहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।

शुक्रबार कोशी प्रदेशका प्रदेश सभा सदस्यहरु राजेन्द्र कुमार राई, निर्मला लिम्बू, कमल प्रसाद जबेगु, खिन लङ्वा र बिद्या चाम्लिङ्लाई खदा ओढाएर धन्यवाद, बधाई तथा शुभकामना ज्ञापन गरेका हुन । उनीहरुलाई कियाचूको ललितपुरस्थित चुम्लुङ् हिममा एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको हो ।

गत फागुन १७ गते प्रदेश १ को प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी) र सत्तारूढ दल जनता समाजवादी पार्टी नेपाल(जसपा) ले संयुक्त रूपमा किरात–लिम्बुवान–सगरमाथा प्रदेश नामकरणका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए ।

दर्ता गरिएको प्रस्तावमा एकीकृत समाजवादीका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई प्रस्तावक र स्वास्थ्यमन्त्री तथा जसपाकी प्रदेश सांसद निर्मला लिम्बू र एकीकृत समाजवादीका कमलप्रसाद जबेगु समर्थक रहेका थिए । सो प्रस्तावको पक्षमा खिनु लङ्वा र विद्या चाम्लिङ रहेको थिए ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...