माङसेबुङ गाउँपालिकाको कार्यालयमा तालाबन्दी

 लिम्बुवान न्युज
                       


दमक, २६ फागुन । प्रदेशसभाले फागुन १७ गते प्रदेश १ को नाम कोशी प्रदेश नामाकरण गरेसँगै त्यसको विरुद्धमा जनलहर बढ्दो छ । प्रदेशको नाम ‘लिम्बुवान किरात’ पुनःनामाकरण गर्न माग गर्दै तत्कालीन ‘लिम्बुवान किरात’ संयुक्त संघर्ष समितिले सुरु गरेको आन्दोलन स्थानीय स्तरमा केन्द्रित हुन थालेको हो ।

शुक्रबार आन्दोलनकारीहरुले इलामको माङसेबुङ गाउँपालिकाको कार्यालय तालाबन्दी गरेका छन् । यसरी नै सोही पालिकाको चारवटा वडा कार्यालयमा तालाबन्दी गरेका छन् । आन्दोलनकारीले गाउँकार्यपालिकाको कार्यालयसँगै वडा नम्बर २, ३, ४ र ६ को वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

यसअघि नै आन्दोलनकारीहरुले माङसेबुङको वडा नम्बर ३ को शाखा कार्यालय भञ्ज्याङ र ५ को वडा कार्यालय, इलाम नगरपालिका ११ नम्बर वडा कार्यालयमा तालाबन्दी गरेका थिए । आन्दोलनलाई शसक्त र संयुक्त बनाउन बृहत छलफलबाट गठित ‘प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति’ मा विभिन्न राजनीतिक दल र दल सम्बद्ध संगठनहरु, आदिवासी जनजाति महासंघ लगायत विभिन्न जातीय संघसंस्थाहरुले ‘कोशी’ प्रदेश नामाकरण विरुद्ध निरन्तर प्रदर्शन गर्दै आएका छन् ।

आन्दोलनकारीहरुले २७ गते शनिबार प्रदेश १ का प्रमुख शहरहरुमा राँकेजुलुस र २८ गते आइतबार प्रदेशव्यापी आमहड्ताल आह्वान गरेका छन् । यसैगरी ५ चैतमा प्रदेश राजधानी विराटनगरमा विशाल जनप्रदर्शन गर्ने प्रदेश पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले विज्ञप्तिमा जनाएको छ ।

जनता समाजवादी पार्टी सम्बद्ध लिम्बुवान राज्य समिति लगायत विभिन्न समितिहरु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा सम्बद्ध लिम्बुवान, दलित, शेर्पालुङ, किरात खम्बुवान समितिहरु, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा (माओवादी केन्द्र) सम्बद्ध लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा लगायत राजनैतिक दलहरु आन्दोलनमा सरिक भएका छन् । यसैगरी नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद् र प्रदेश समिति, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खालगायत जातीय घटकहरुले ‘कोशी’ प्रदेश खारेजीको माग गर्दै चरणबद्ध आन्दोलन शुरु गरेको छ ।

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...