नेपालले जोगायो एकदिवसीय मान्यताः युएईमाथि सानदार जित

 लिम्बुवान न्युज
                       


काठमाडौं, २८ फागुन । नेपालले आइसिसी विश्वकप लिग–२ मा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो ओडिआई क्रिकेटमा नयाँ इतिहास रचेको छ । आज टियू क्रिकेट रंगशालामा युनाइटेड अरव इमिरेट्स (युएई) लाई १ सय ७७ रनको फराकिलो अन्तरले हराउँदै नयाँ कीर्तिमान बनाएको हो ।

यो जित रनको हिसाबमा नेपालले हात पारेको आफ्नो ओडिआई इतिहासको सर्वाधिक ठूलो हो । यसअघि नेपालले २०२१ मा पपुवा न्युगिनीविरुद्ध अल अमरेतमा १ सय ५१ रनले पराजित गरेको थियो । त्यस्तै २०१९ मा युएईलाई नै १ सय ४५ रनको फराकिलो अन्तरले हराएको थियो ।

यी तीन जित नै नेपालले ओडिआईमा रनको हिसाबमा हात पारेका सर्वाधिक ठूला जित हुन् । विकेटको हिसाबमा भने नेपालले अमेरिकालाई २०२० मा ८ विकेटले हराएको थियो । नेपालको मात्रै होईन आइसिसी विश्वकप लिग–२ कै सर्वाधिक फराकिलो जित हो ।

लिग–२ मा नेपालले नामिबियाको कीर्तिमान तोडेको हो । यसअघि नामिबियाले २०२२ मा पिएनजीलाई १ सय ६७ रनको फराकिलो अन्तरले हराएको थियो । त्यो नै लिग २ को सर्वाधिक ठूलो जित रहँदै आएको थियो । गतवर्ष स्कटल्यान्डले पिएनजीलाई १ सय ६२ रनले हराएको थियो ।

२०१९ मा नामिबियाले अमेरिकालाई १ सय ३९ रनले हराएको थियो । नेपालले सोमबार पपुवा न्युगिनी र बिहीबार युएईसँग खेल्नेछ । दुवै खेलमा विजयी भएमा सोझै विश्वकप छनोट खेल्न पाउनेछ । पराजित भएमा क्वालिफायर प्लेअफ खेल्नुपर्छ । युएईमाथिको जितसँगै आगामी चार वर्षको लागि ओडिआई मान्यता भने पक्का गराएको छ ।

जितको लागि २ सय ४९ रनको विशाल विजयी लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा ७१ रनमा अल आउट भयो । युएईका आयन खानले ३३ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक रन बनाए ।

युएईलाई ७१ रनमा अल आउट गर्न बायाँ हाते स्पिनर ललितनारायण राजवंशीले ७.५ ओभरमा २ मेडनसहित २० रन खर्चेर ५ विकेट लिए । ललितको यो करिअरको उत्कृष्ट प्रदर्शन हो ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...