लिम्बू चलचित्र ‘के’ लाई सर्वोत्कृष्ट आदिवासी चलचित्रको अवार्ड

 लिम्बुवान न्युज
                       

काठमाडौं, २९ फागुन । लिम्बू कथानक चलचित्र ‘के’ ले ‘सर्वोत्कृष्ट आदिवासी चलचित्र–२०२३’ बन्न सफल भएको छ । आइतबार चलचित्र विकास बोर्डमा सम्पन्न कार्यक्रमबाट चलचत्रिले ‘सोसियल मिडिया फिल्म अवार्ड–२०२३’ को अवार्ड प्राप्त गरेको हो ।

‘ड्रिम वल्र्ड अफ फिल्म मेकर्स’को आयोजनामा सम्पन्न अवार्ड विचरण कार्यक्रममा विभिन्न चलचित्रकर्मिहरुलाई अवार्डहरु वितरण गरिएको थियो ।

याक्थुङ फिल्म्सद्वारा निर्मित चलचित्र ‘के’ ले यसअघि अन्तर्राष्ट्रिय आदिवासी जनजाति चलचित्र महोत्सव अमेरिकामा उत्कृष्ट चलचित्र अवार्ड, नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा उत्कृष्ट चलचित्र अवार्ड, एफएलएफ अवार्डमा उत्कृष्ट कथा अवार्ड, उत्कृष्ट लेखन/निर्देशन अवार्ड, जोमोगान अवार्ड थाइल्यान्डमा जोमो अवार्ड लगायत पुरस्कारहरू प्राप्त गरिसकेको छ ।

सागर केरुङको लेखन निर्देशन रहेको यस चलचित्रमा मधु केरुङ, बबिता फोम्बो, रुपा आङ्बुङ, सुक्मिता केरुङ, मनकुमार केरुङ, प्रेम ओझा, कमल घिमिरे, दिपक खनाल लगायतले अभिनय गरेका छन् ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...