दमक, १ चैत्र । गायक राजेश पायल राई र गायीका सीता सिंगक लिम्बूको आवाजमा याक्खा जातीको भाषा तथा संस्कृतीमा आधारित गीत ‘जेप्पा’ (वाचा/कसम) को याक्खा म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।
आइतबार मण्डला थिएटरमा प्राज्ञ राजन मुकारुङको प्रमुख आतिथ्ययतामा तथा चर्चित अभिनेता दयाहाङ राईको आातिथ्यमा अफिसियल प्रिमियर शो संगै ओ.एस.आर. डिजिटल युट्युब च्यानल मार्फत एकसाथ सार्वजनिक गरिएको हो ।
भिडियो सार्वजनिक कार्यक्रममा भिडियोकी मोडल अनुशा राई, गीतकार हेनसेन याक्खा, युवा निर्देशक सनम याक्खा, सिनेम्याटोग्राफर भोगेन्द्र याम्फु, किरात याक्खा छुम्माका केन्द्रिय अध्यक्ष लिल बहादुर रोगु, आदिवासी जनजाति चलचित्र प्रदेश नं.१ का अध्यक्ष ज्योति राज राई लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
सनम याक्खाको निर्देशन, सम्पादन तथा कलरमा टिबी याक्खा, अनुसा राई, हेनसेन याक्खा र जीवन याक्खाको अभिनय रहेको भिडियोमा भगेन्द्र याम्फुको छायांकन तथा सहायक निर्देशन र देवराज सिग्देलको सहायक छायांकन रहेको छ ।
सपना राईको कोरियोग्राफीमा, अशोक मण्डलको मेकअप तथा बिक्रम याम्फुको ड्रोन रहेको गीतको संगीत संयोजन भिसम आचार्यले गरेका हुन् ।
हेनसेन याक्खाको शब्द तथा राजन मुकारुङको संगीतमा सेवा रेकर्डिङ स्टुडियोमा मुस्कान मुकारुङ र योगेन मुकारुङले रेकर्ड गरेको गीतको मिक्सिङ मुस्कान मुकारुङले गरेका छन् ।
ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...
झापाको दमकमा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगिता २०८२ को उपाधि रोटरी क्लब अफ दमकले जितेको छ । पत्रकार मञ्च दमकको आयोजनामा पुष २१ गते आयोजित एक दिने प्रतियोगिताको फाइनल खेलमा कदम थिएटर दमकलाई ७–१ गोल अन्तरले हराउदै रोटरी च्याम्पियन बनेको हो । विजेता टिमले सेमिफाइनल खेलमा दमक नगर कर्मचारीलाई हराएको थियो भने कदमले आयोजक पत्रकार मञ्च दमक (निलो) लाई हराउदै फाइनल प्रवेश गरेको थियो । यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर रोटरीका विसु राई चुनिदा, उत्कृष्ट खेलाडीको उपाधि कदमका दिपेश मगरले हात पारे । त्यस्तै प्रतियोगिता भरी ५ गोल गरेका रोटरीका सावन अधिकारीले हाइ स्कोररको पुरस्कार प्राप्त गरे । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद १० हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाए । विजेता खेलाडीहरुलाई मञ्चका अध्यक्ष कमन देवान, औपचारिक कार्यक्रमका प्रमुख अतिथि दमक ९ का वडा अध्यक्ष कुबेर भट्टराई, अतिथिहरु इलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक नवीन राई, विधा लक्ष्मी स्कुल दमक ४ का प्रधानाध्यापक भूपाल काफ्ले, दमकका युवा व्यवसायी रवि बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए । पत्रकार मञ्च दमकको आयोजनामा भएको प्रतियोगितामा दमक नगरपालिका, उधोग वाणिज्य संघ दमक, रोटरी क्लब अफ दमक, कदम थिएटर दमक, लायन्स क्लब अफ दमक, दमक जेसिस सहित राजनैतिक दलकाे सहभागिता रहेकाे थियाे । तस्वीरः सजन राई
जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...
ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...