“युक्पुङ्” चलचित्रको छायांकन सम्पन्न

 लिम्बुवान न्युज
                       


धरान, ३ चैत्र । नेपाली कथानक चलचित्र ‘युक्पुङ्’ को छायांकन सम्पन्न भएको छ । मंगलबार धरानमा पत्रकार सम्मेलन गर्दै चलचित्रको छायाङ्कन समापन भई पोस्ट प्रोडक्सनको काम भइरहेको चलचित्र निर्माण परिवारले जानकारी गराएको हो ।

‘केएमडी अर्गानिक इन्टरटेन्मेन्ट प्रा.लि.’द्वारा निर्मित चलचित्रलाई तेह्रथुमको विभिन्न ऐतिहासिक रमणीय स्थलहरुमा छायांकन गरिएको वताईएको छ । पारिवारिक दायित्ववहन गर्ने क्रममा आफ्नो यौवन अवस्थालाई तिलान्जली दिन पुगेकी पात्र हाङमतिको जीवनमा एउटा पुरुष पात्रको प्रवेशका कारण सिर्जित संघर्ष र अन्तरद्वन्द्वको प्रेम कथालाई चलचित्रमा देखाइएको छ ।

‘यक्पुङ’मा दिनेश माङ्मुको कथा÷निर्देशन, विष्णु मोक्तान र मदन वनेमको पटकथा÷संवाद, रविन्द्र बरालको छायांकन रहेको छ । चलचित्रमा कमला सेन्दाङ, कुशल थलङ, कविता आले, यासेली योङ्हाङ, सागर केरुङ, हिमाल लेछर्बो, मिराक लिम्बू, प्रेम ओझा, नुनाम केरुङ, कुमार ढकाल, डिबि थेगिम, मदन वनेम, सुलभ नेम्बाङ, टिआर सेनेहाङगायतले अभिनय गरेका छन् ।

नरकुमारी वनेम, दिलु पाङ्मा लिम्बू र इन्दु लावतीको संयुक्त निर्माण रहको यस चलचित्रको सहनिर्मातामा तेज आङ्बुहाङ, पूष्पा वनेम, हिमाल लेछर्बो, ममता यक्सो र सुमन नेम्वाङ् रहेका छन् ।

पोष्टप्रोडक्सनमा रहेको चलचित्र दशैं–तिहारको अवसरमा प्रदर्शन गर्ने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...