कोशी प्रदेश नामाङकनको विरोधमा संघर्ष समितिद्वारा स्थानीय तहमा तालाबन्दी

 लिम्बुवान न्युज
                       


दमक, १४ चैत । कोशी प्रदेश नामाङकन खारेजीको माग राख्दै आन्दोलनरत प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले स्थानीय तहहरुमा आजबाट तालाबन्दी शुरु गरेका छन् । प्रदेश १ को नाम पहिचानसहितको पुनः गरिनुपर्ने मुख्य मागसहित आन्दोलनमा उत्रिएका पहिचानवादी आन्दोलनकारीहरुले मंगलवार विभिन्न स्थानीय तह बन्द गराएका हुन् ।

आन्दोलनकारीहरुले झापाको दमक नगरपालिका र केही वार्डहरुमा त्यसैगरी विर्तामोड नपा र ९ वटा वडा कार्यालय, त्यसैगरी बुद्धशान्ती गाउँपलिका र केही वार्डहरु त्यसैगरी मोरङको उर्लाबारी नगरपालिका र केही वार्डहरु, त्यसैगरी पहाडी जिल्लाहरु ताप्लेजुङ, पान्थर, तेह्रथुम, धनकुटाको चैविसे गाउँपालिका लगायत विभिन्न स्थानहरुमा तालावन्दी भएको खबर प्राप्त भएको छ ।

तालाबन्दी आजबाट १७ गतेसम्म चार दिन हुने कियाचू अध्यक्ष प्रेम यक्तेनले बताए । यो कार्यक्रम संघर्ष समितिको पूर्व घोषित कार्यक्रम भएको उनले बताए ।

स्थानीय तह र वडा कार्यलयहरु बन्द गर्ने पूर्व घोषित आन्दोलनको कार्यक्रम अनुसारनै तालाबन्दी गरिएको जनाएका छन् । १२ र १३ गते सबै पालिकाहरुलाई कार्यक्रमबारे पत्रमार्फत जानकारी समेत दिईएको अध्यक्ष येक्तेनले बताए । उनले प्रदेशको नामाकंन पहिचानसहित नगरिएसम्म आन्दोलनको रफतार बढदै जाने र यसबाट हुने सम्पूर्ण क्षतिको जिम्मेवारी राज्य पक्ष र यहाँका जिम्मेवार राजनीतिक दलहरुले लिनु पर्ने चेतावनी दिएका छन् ।

चैत्र ५ गतेकाे विराटनगर अान्दाेलनकाे क्रममा घाइते भएका पदम लिम्बु लाजेहाङकाे चैत्र १० गते उपचारकाे क्रममा शहादत्त भएपछि अान्दाेलन थप बढेर गएकाे संघर्ष समितिले जनाएकाे छ । लाजेहाङलाइ राष्ट्रिय शहीद र सरकारपक्षले उचित क्षतिपुर्ति दिनु पर्ने । यतिवेला प्रदेश १ मा घाइतेहरूकाे राज्य पक्षले उपचार गर्नु पर्ने र प्रदेश १ काे नाम खारेज गरी पुनः नामाङकन गर्नु पर्ने सर्तका राखेर अान्दाेलन भइरहेकाे छ ।

 

सम्बन्धित समाचार

मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन घोषणा

ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...

रोटरी क्लब अफले चुम्याे ‘दमक फुटसल प्रतियोगिता २०८२’ को उपाधि 

झापाको दमकमा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगिता २०८२ को उपाधि रोटरी क्लब अफ दमकले जितेको छ । पत्रकार मञ्च दमकको आयोजनामा पुष २१ गते आयोजित एक दिने प्रतियोगिताको फाइनल खेलमा कदम थिएटर दमकलाई ७–१ गोल अन्तरले हराउदै रोटरी च्याम्पियन बनेको हो । विजेता टिमले सेमिफाइनल खेलमा दमक नगर कर्मचारीलाई हराएको थियो भने कदमले आयोजक पत्रकार मञ्च दमक  (निलो) लाई हराउदै फाइनल प्रवेश गरेको थियो । यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर रोटरीका विसु राई चुनिदा, उत्कृष्ट खेलाडीको उपाधि कदमका दिपेश मगरले हात पारे । त्यस्तै प्रतियोगिता भरी ५ गोल गरेका रोटरीका सावन अधिकारीले हाइ स्कोररको पुरस्कार प्राप्त गरे । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद १० हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाए । विजेता खेलाडीहरुलाई मञ्चका अध्यक्ष कमन देवान, औपचारिक कार्यक्रमका प्रमुख अतिथि दमक ९ का वडा अध्यक्ष  कुबेर भट्टराई, अतिथिहरु इलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक नवीन राई, विधा लक्ष्मी स्कुल दमक ४ का  प्रधानाध्यापक भूपाल काफ्ले, दमकका युवा व्यवसायी रवि बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए । पत्रकार मञ्च दमकको आयोजनामा भएको प्रतियोगितामा दमक नगरपालिका, उधोग वाणिज्य संघ दमक, रोटरी क्लब  अफ दमक, कदम थिएटर दमक, लायन्स क्लब अफ दमक, दमक जेसिस सहित राजनैतिक दलकाे सहभागिता रहेकाे थियाे ।  तस्वीरः सजन राई

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...