फाल्गुन २६ गते लिम्बु चलचित्र चे दमकमा प्रदर्शन हुने

 लिम्बुवान न्युज
                       

दमक, १७ फागुन । आधुनिक विकासका नाममा लिम्बू जातिहरु आन्तरिक र बाह्य रुपमा कसरी लास सरह भइरहेका छन् भन्ने कुरालाई इंकित गर्दै निर्माण गरिएको लिम्बू भाषाको चलचित्र ‘चे’ अर्थात ‘लास’लाई फागुन २६ मा दमकमा प्रदर्शन गरिने भएको छ ।

माङ्गेन्ना पब्लिकेशन एण्ड मिडिया प्रा.लि. र लिम्बू भाषा साहित्य प्रतिष्ठान दमकले शनिबार दमकमा पत्रकार सम्मेलन गर्दै चलचित्र फागुन २६ मा दमकस्थित डिम्याक्स सिनेमा हलमा विशेष प्रदर्शनी हुने जानकारी गराएको हो ।

निर्माता समेत रहनु भएका चलचित्रका लेखक एवम् निर्देशक सागर केरुङले आधुनिक विकासका नाममा याक्थुङ आदिवासीहरुको चे (लास) समाधि गर्ने स्थल नासिएको विषयलाई साँस्कृतिक गाम्भिर्यताका रुपमा चलचित्रमा उतारिएको बताउनु भयो ।

चलचित्र आधुनिकताका नाममा सांस्कृतिक सम्पदा नास्ने र जोगाउने बीचको द्वन्दात्मक कथाका रुपमा रहेको प्रष्ट्याउनु भयो ।

कार्यक्रममा मुन्धुमी गायक ब्रबिम सेर्मा, निर्देशक लाेकेन साँवा, बरिष्ठ कलाकार राज काउछा मगर, कियाचु लिम्बुवान प्रदेश सचिव साङसेन पन्धाक, कियाचु झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाक, नगर अध्यक्ष देवेन्द्र चेम्जाेङ, याक्थुङ मुन्चइत चाेक सयङ लिम्बुवान प्रदेश अध्यक्ष भुपेन्द्र तुम्बाहाङफे लगायतकाे उपस्थिति रहेकाे उक्त कार्यक्रममा कलाकार प्रमिता फियाककाे पनि उपस्थिति रहेकाे थियाे ।

कार्यक्रम लिम्बु भाषा साहित्य प्रतिष्ठानका कुलपति सेसेमी से नाल्बाेकाे अध्यक्षता र दिलकुमार लावतीकाे संचालनमा भएकाे थियाे ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...