दमक नगरपालिकाको १६औं नगर सभाः पूर्वाधार कुन वडामा कति ?

 लिम्बुवान न्युज
                       

दमक, १९ फाल्गुन / दमक नगरपालिकाको १६ औं नगर सभा बैठक आइतबार बसेको छ ।

नगर प्रमुख रामकुमार थापाको सभाध्यक्षतामा बसेको नगर सभा बैठकमा आर्थिक ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयक २०८१, विनियोजन ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयक, फोहोर व्यवस्थापन तथा प्लाष्टिकजन्य बस्तुको प्रतिबन्ध गर्न बनेको ऐन लगायत प्रस्तुत भएका छन् ।

आजको बैठकमा नगरपालिकाको बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक समेत रहेकी उपप्रमुख रेगिना भट्टराई (प्रसाइँ)ले आर्थिक ऐन २०८१ लाई संशोधन गर्न बनेको बिधेयक प्रस्तुत गरिन् ।
नगर सभामा विभिन्न बिषयगत समितिका संयोजकहरुले चालू आर्थिक बर्ष २०८१/ ०८२ को माघ मसान्त सम्मको प्रगति प्रतिवेदन प्रस्तुत गरे ।
त्यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले केही विशेष प्रस्तावहरु समेत प्रस्तुत गरेका छन् ।

नगर सभामा पूर्वाधार बिकास समिति संयोजक भिमप्रसाद पौडेलले समितिको प्रतिवेदन पेश गर्दै पाँच लाख रुपैयाँ भन्दा कम लागतका पूर्वाधार बिकासका योजनाहरु अघि सारिनु नहुने सुझाव राखे । संयोजक पौडेलद्धारा प्रस्तुत पूर्वाधार बिकासका योजनाहरुको प्रगति विवरण अनुसार अझै १ सय ७९ योजनाहरुको सम्झौता हुन सकेको छैन ।
चालू आर्थिक बर्षमा २० वटा योजना प्रकृयामा रहेका ९० वटा सञ्चालनमा रहेका र ६२ वटा योजना सम्पन्न भएका उल्लेख गरिएको छ । उपभोक्ता समिति मार्फत ८८ वटा योजना कार्यान्वयनमा रहेका छन भने ठेक्का प्रकृयाबाट ८४ योजना कार्यान्वयनमा रहेका छन् ।

वडागत रुपमा दमक नगरका १० वटै वडा मध्ये सबैभन्दा धेरै ७० प्रतिशत पूर्वाधार योजना कार्यान्वयन गर्नेमा दमकको ७ नम्बर वडा रहेको छ भने वडा नम्बर ७ पछि ५१ प्रतिशत योजना कार्यान्वयन गर्ने वडाका रुपमा दमकको ३ नम्बर रहेको छ । ३ नम्बर वडाको ५१ प्रतिशत प्रगति भएको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
सबैभन्दा कम प्रगति हुनेमा वडा नम्बर १ रहेको छ । सो वडामा पूर्वाधार तर्फको ७ प्रतिशत मात्रै योजना कार्यान्वयन भएका छन् । २ मा २१ प्रतिशत, ४ मा ४२ प्रतिशत, ५ मा २२ प्रतिशत, ६ मा ३६ प्रतिशत , ८ मा ३० प्रतिशत, ९ मा ३५ प्रतिशत र १० मा २३ प्रतिशत पूर्वाधार बिकासका योजना कार्यान्वयन भएको तथ्याङक प्रस्तुत गरिएको छ ।
नगर तर्फ ५९ प्रतिशत , संघीय सरकार अन्तर्गतका ३७ र प्रदेश सरकार अन्तर्गतका योजनाको प्रगति ७० प्रतिशत रहेको समितिका संयोजक पौडेलद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

सभामा संयोजक पौडेलले दमक नगर पूर्वाधार बिकास ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रस्तुत गरेका छन् भने शिक्षा समिति संयोजक कुबेर भट्टराईले दमक नगर आधारभूत तथा माध्यमिक शिक्षा ऐन २०७६ संशोधन गर्न बनेको विधेयक, सहकारी बिकास बोर्डका संयोजक पुण्यप्रसाद दाहालले सहकारी ऐन २०७५ संशोधन गर्न बनेको विधेयक , सुशासन समिति संयोजक नविन बरालले दमक नगर प्रहरी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक लगायत प्रस्तुत गरे । त्यस्तै सामाजिक बिकास समितिका तर्फबाट संयोजक शारदा भट्टराई, विधायन समिति संयोजक लोकबहादुर धिमाल लगायतले पनि आआफ्ना बिषयगत प्रतिवेदनहरु पेश गरेका छन् ।
सबै प्रतिवेदन तथा विधेयकहरुमाथि राय सुझावहरु १९ फागुन सम्ममा नगर प्रमुख समक्ष दर्ता गर्न समय तोकिएको छ भने २० फागुनमा नगरको सभाको अर्को बैठक बोलाइएको छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...