लिम्बुवानखबरका सम्पादक चोङबाङ् बैबाहिक बन्धनमा बाँधिए

 लिम्बुवान न्युज
                       

दमक, २९ फाल्गुन । झापाको दमकबाट विगत पाँच बर्षदेखि निरन्तर अपडेट रहेको लिम्बुवानखबर डटकम न्यूजपोर्टलका सम्पादक तेह्रथुम फेदापका विष्णुकुमार लिम्बु “सेसेहाङ” बैबाहिक वन्धनमा बाँधिएका छन् ।

विहीबार (आज)  दश लिम्बुवान सत्रथुमको रीतिथिति अनुसार तेह्रथुम जिल्ला आठराई ह्वाकुकी तुलसा इङ्नामसँग विवाह बन्धनमा बाँधिएका हुन् ।

लिम्बुवानखबर स्थापना कालदेखि नै यस पोर्टलको सम्पादकको भूमिकामा रहेर निरन्तर कर्म गरिरहनु भएका चोङबाङ किरात याक्थुङ चुम्लुङ् तेह्रथुम जिल्ला शाखाका अध्यक्ष समेत हुन् । यसरी नै विभिन्न संघ संस्थाहरुमा क्रियासिल चोङहाङ् पहिचान पक्षधर जिल्लाका एक प्रखर नेता समेत हुन् ।

पोक्लाबाङ माङ्गेन्ना यकका समेत अध्यक्ष रहेका सम्पादक चोङबाङ्ले याक्थुङ भाषाको कृति समेत प्रकाशनमा ल्याएका छन् । लामो समयदेखि पत्रकारितामा निरन्तर कमल चलाई रहेका चोङबाङलाई बैबाहिक सफलताको शुभकामना ।

 

 

सम्बन्धित समाचार

छ दलले मात्र राष्ट्रिय दलको मान्यता पाउनेः कुन–कुन दलले कति मत पाए त ?

दमक, २६ फाल्गुन । प्रत्यक्ष तर्फको १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५० लाख मत कटाएको छ । दिउँसो २ बजेसम्मको अपडेट अनुसार रास्वपाले ५० लाख ३३ हजार ६२४ मत पाएको छ । समानुपातिकमा...

झापाको मतगणना आजैबाट शुरु: कहाँ-कहाँ हुँदै

झापा, २१ फागुन । झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि आज भएको मतदानको मतगणना तयारी सुरु भएको छ । सबै निर्वाचन क्षेत्रका कार्यालयहरुमा मतपेटिका ओसार्ने काम जारी छ । मतगणना आज राति सुरु गर्ने तयारी गरिएको...

झापा ५ मा मतदान सकिए सङ्गै मत पेटिका संकलन शुरु: आजैबाट गणना हुने

दमक, २१ फाल्गुन । सर्वाधिक चासोका साथ हेरिएको झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम शुरु भइरहेको छ । निर्वाचन कार्यालय झापा ५ का अनुसार, आजै सर्वदलीय बैठक बसेर बैठकको निर्णयपछि मतगणना...

झापा ५ इपिसेन्टरमा मतदान शान्तिपूर्ण: रन्जितले कमलमा गरे मतदान

दमक, २१ फाल्गुन । चुनावको इपिसेन्टर बनेको झापा क्षेत्र नम्बर-५ मा मतदान सुरु भएको पहिलो दुई घण्टामा ७.५ प्रतिशत मत खसेको छ । मतदाताहरू भोट हाल्नका लागि मतदान केन्द्रहरूमा लाइनमा उभिएका छन् । एमालेका अध्यक्ष...