मुक्कुमलुङ आन्दोलन पक्षले गर्यो वार्ता सहजीकरण समिति गठन

 लिम्बुवान न्युज
                       

ललितपुर, ३ चैत्र । मुक्कुमलुङमा नो केवलकार पक्षधरले सरकारले लिखित रुपमा पत्र पठाउँदै वार्ताको लागि आव्हान गरेपछि वार्ता सहजीकरण समिति गठन गरेको छ । आईतबार मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय राजनीति दलहरुले विज्ञप्ति जारी गर्दै १० सदस्यीय समिति गठन गरेको जनाएको हो ।

गृहमन्त्रालयले वार्ताको लागि औपचारिक पत्र संघर्षरत संगठनलाई पठाएपछि वार्ता सहजीकरणको लागि समिति गठन गरिएको कियाचू संघीय अध्यक्ष प्रेम एक्तेनले बताउनु भयो ।

वार्ता सहजीकरणको लागि सरस्वता सिंगक (सरु)को संयोजकत्वमा समिति गठन गरेको छ । समितिको सदस्यहरुमा कुमार लिम्बु, सुर्यविक्रम चेम्जोङ, धनराज सुब्बा (फेदापे), दिपक याक्खा, अ. लवन न्यौपाने, सन्तोष मेहता, पदम जवेगु, अर्जुन जुम्नेली राई र आलोक माबोहाङ रहेको विज्ञप्तिमा उल्लेख छ ।

मुक्कुमलुङको संरक्षण तथा केवलकार निर्माण खारेजको सवाल ताप्लेजुङ जिल्लाको मात्र सरोकारको विषय नभई सिंगो लिम्बु याक्थुङहरुको सांस्कृतिक, धार्मिक, आध्यात्मिक तथा प्राकृतिक सम्पदाको समेत संरक्षण भएको हुँदा यस्तो पवित्र धार्मिक आस्थाको स्थललाई संरक्षण गर्दै विश्व सम्पदासूचीमा सूचिकृत गर्नुको साटो राज्य र राज्य संचालक भ्रष्टचारी दलाल माफियाहरुको हातबाट ध्वस्त पार्न खोजिन्नु दुःख भएको हुँदा सरोकार पक्षसँग सहजीकरण र संवाद गर्न साथै विगतमा सत्ता पक्षसँग भएको ४ बुँदे सर्तलाई समेत स्मरण गर्दै वार्ता गर्न र वातावरण सौहार्दपूर्ण वनाउन सहजीकरण समिति बनेको जनाइएको छ ।

 

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...